मङ्गलबार ३०, फागुन २०७९ ०५:३४ पवन जोशी
महेन्द्रनगर : प्रेस चौतारी कञ्चनपुरले आफ्ना नयाँ केन्द्रीय सदस्य देवराज साउँदलाई जिल्लामा स्वागत गर्दै बधाई ज्ञापन गरेको छ । केहि दिनअघि बिरगञ्जमा सम्पन्न चौतारी केन्द्रय बैठकबाट साउँदलाई चौतारीको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । केन्द्रीय सदस्य भएपछि पहिलो पटक गृह जिल्ला आएका साउँदलाई चौतारी कञ्चनपुरले मंगलबार आफ्नो बिस्तारीत बैठकसंगै एक कार्यक्रमको आयोजना गरि बधाई तथा स्वागत गरेको हो ।
बैठकले प्रेस चौतारी कञ्चनपुरको साधारणसभा चैत २४ गते गर्ने निर्णय समेत गरिएको जनाएको छ । पार्टीले चलाएको मिसन ग्रासरुटलाई प्रभावकारी बनाउने देखि विभिन्न महत्वपुर्ण बिषयमा छलफल गरि निर्णय भएको सचिव मदन गिरीले बताए । बैठकमा एमालेका पोलिटब्युरो सदस्य लिला भण्डारी, सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवं पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल र एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र बिष्टलगायतका नेता तथा चौतारीका अग्रज नेता, केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चौतारीले केन्द्रीय सर्कुलर बमोजिम पार्टीका वडा कमिटी देखि जिल्ला कमिटीसम्मको नामावली संकलन गरेर किताब बनाएर चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मणदत्त पन्तले एमाले कञ्चनपुरका अध्यक्ष बिष्टलाई हस्तान्तरण गरेका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.