महेन्द्रनगरमा खुल्यो अत्याधुनिक सुविधा सम्पन्न  फिल्म स्टुडियो     |     भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा     |     प्रेस चौतारी कञ्चनपुरले गर्‍यो केन्दीय सदस्यको स्वागत     |     सत्ता पक्षका विद्यार्थी संगठनले गरे आठ क्याम्पसमा तालाबन्दी, प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी     |     पत्रकार धामीलाई धम्काउनेमाथि कारबाहीको माग, नभए आन्दोलनमा उत्रिने चेतावनी     |     राप्रपा कञ्चनपुरको न्याय : पत्रकार धामीको २२ लाख ५० हजार रकम फसाएको मान्छे पिडीत     |     कारबाहीमा ढिलाई किन : महासचिव ठगुन्ना, के हो यसभित्रको वास्तविकता ?     |     ‘गुण्डागर्दी शैलीमा धामीको १० लाख कुम्ल्याउने खेलमा राप्रपाका थापा’     |    

भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा

मङ्गलबार ३०, फागुन २०७९ ०६:१७    आस्था जोशी



भीमदत्तमा एमालेका जनप्रतिनिधिलाई प्रतिबन्ध, कार्यपालिका बैठकमा बोल्न दिईएन : अध्यक्ष देवकोटा

नगर प्रवक्ता भन्छन : बिचमा बोल्न खोज्दा रोकिएको हो, पछि बोल्नुस् भन्दा बोल्नु भएन 
महेन्द्रनगर : नेकपा (एमाले) बाट भीमदत्त नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यपालिका बैठकमा बोल्नबाटै प्रतिबन्धित पारिएको छ । एमालेबाट निर्वाचित भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रबिन्द्र देवकोटाका अनुसार मंगलबार बसेको कार्यपालिकाको बैठकमा एमालेबाट निर्वाचित कुनैपनि जनप्रतिधिलाई बोल्न नदिईएको हो । देवकोटाले भने, ‘मैले पटक–पटक समय माग्दा समय नै दिईएन, नगर प्रमुखले तपाई चुप लाग्नुस भन्नुभयो ।’ उनले थपे, ‘वडा नं. ९ को विद्यालयको बिषयमा निर्णय गर्दा वडा अध्यक्षसंग एक शब्द नसोदी एकलौटी निर्णय गरे ।’
एमालेले केहि दिनअघि वडा नं. १८ का वडाअध्यक्ष देवकोटाको अध्यक्षतामा पालिका सभासद गठन गरेको थियो । सभादलका अध्यक्ष देवकोटासहित एमालेबाट निर्वाचित अन्य कार्यपालिका अध्यक्ष तथा सदस्यहरुलाई भीमदत्तका मेयर पदम बोगटीले मंगलबार बोल्न नदिएका हुन् ।
‘पछिल्लो समय नगरपालिकाको कामप्रति जनताले प्रश्न उठाउँदै आएका छन्, कर्मचारी कार्यालयमा नबस्ने गरेको गुनासोदेखि विकास, निर्माणमा लापरबाही भइरहेका समाचार बाहिरिएका छन्,’ वडाध्यक्ष देवकोटाले भने, ‘त्यसबारे आफ्नो धारणा राख्न खोज्दा मेयरसापले बोल्नै दिनु भएन ।’
कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित अधिकांस कार्यपालिका सदस्यहरुले भने आफ्नो मत राखेका थिए । ‘कार्यपालिका बैठकमा बोल्न नदिएपछि मिडियामार्फत आफ्ना कुरा राख्न बाध्य भए,’ वडाध्यक्ष देवकोटाले भने, ‘यो त पञ्चायतकालीन शैली भयो, जंगे शैलीमा मेयरलेनै प्रतिपक्षीका कुरा सुन्न नखोज्नु जनताप्रतिकै अपमान हो ।’
कार्यपालिकाका एजेण्डा एक दिन अगावै सदस्यहरुलाई जानकारी गराउनुपर्ने हुन्छ । तर, सिधै बैठकमा प्रवेश गराइने चलन भीमदत्तको नयाँ नेतृत्वले सुरु गरेको एमालेका जनप्रतिनिधिको गुनासो छ ।
आजको बैठकमा पनि वडा नं. ९ स्थित महाकाली आधारभुत विद्यालयको भवन निर्माणको ठेक्काको म्याद थप्ने निर्णय एकाएक भएको छ । वडाध्यक्ष गगन कार्कीलाई यसबारे कुनै जानकारीसमेत नदिइएको पाइएको छ । बैठकमा उनले पनि यसबारे बोल्न पाएनन् । समन्वय बिनै म्याद थप गरिएको उनले बताए ।
नगरपालिकाले केहि दिनअघि नयाँ बसपार्कको ठेक्का सम्झौता गरेको थियो । यसमा पनि वडाध्यक्ष देवकोटाले आपत्ति जनाएका छन् । 
‘दुई वर्षअघिनै एक करोड रुपैयाँ भन्दा माथि लागेको ठेक्का अहिले कसरी ७० लाखमा दिइयो,’ उनले भने, ‘न्युनतम ठेक्का रकम नै कम राखेर ठेक्का दिँदा नगरपालिकालाई आर्थिक क्षति भएको छ ।’ बिगतमा बसपार्क भित्रको शौचालयको छुट्टै ठेक्का दिने चलन रहेपनि यसपटक भने शौचालयलाई समेत त्यसैमा गाभेर ठेक्कामा मिलेमतो गरेको उनले आरोप लगाए ।
वडा नंं. ६ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता महेन्द्र खडकाले एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई बोल्न नदिइएकाबारे फरक प्रतिक्रिया दिएका छन् । ‘देवकोटा जीले समय माग गरेर बोल्न खोज्दा रोकिएको हो, त्यो बेला अरु जनप्रतिनिधि बोलिरहेका थिए,’ उनले भने, ‘पछि बोल्नुस् भन्दा उहाँ बोल्नु भएन ।’ बसपार्कको ठेक्काबारे बुझ्न खोज्दा ईन्जिनियर हिमालय सिंह ऐरले भने, ‘दुईबर्ष पहिले करिब १ करोड १२ लाखमा ठेक्का भएको हो, पछि ठेकेदारलाई घाटा लागेको थाहा पाएपछि २ बर्ष ठेक्का नै लागेन, त्यसैले यसबर्ष ठेक्का रकम घटाएर ठेक्का दिने निर्णय गरिएको हो ।’ 



प्रतिकृया दिनुहोस