मङ्गलबार १४, चैत २०७९ १०:१४ पवन जोशी
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा अत्यधिक सुविधा सम्पन्न फिल्म स्टुडियो खुलेको छ । हालसम्मकै अत्याधुनिक उपकरणसहितको फिल्म स्टुडियोको मंगलबार एक कार्यक्रमको आयोजना गरि सेवा सञ्चालन गरेको जनाएको हो ।
पिआर स्टुडियोको नामबाट स्थापित स्टुडियोबाट फोर के गुणस्तरको भिडियो, टेलिश्रृखला, चलचित्र निर्माण, बिवाहको भिडियो, एल्बम तथा कुनै पनि किसिमको सुटीङ्गका साथै डिजिटल माध्यमबाट प्रदान गरिने सम्पुर्ण सुविधा सुपथ मूल्यमा दिईने सञ्चालक पुप्पराज भट्टले बताए ।
यसबाहेक अत्याधुनिक साउण्ड सिस्टम, डिजे, सेमिनार व्यवस्थापनको जिम्मा समेत लिएर काम गरिने सञ्चालक भट्टले जानकारी दिए । उनले भने, ‘हामीले डिजिटल लगायत साउण्ड सिस्टम र अन्य अडियोभिडियो सुटिङ्गका लागि कञ्चनपुरमा नभएका अहिले सम्मकै अत्याधुनिक उपकरण ल्यएका छौ, सुदूरपश्चिमको कुरा गर्ने हो भने धनगढीमा एक दुई जनाले यस्तो सेवा दिईरहेका छन्, बाँकी काठमाण्डौमा मात्रै छ ।’ यसमा ५० लाखभन्दा बढी लगानी लागेको भट्टले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.