शुक्रबार २४, चैत २०७९ ११:४३ आस्था जोशी
महेन्द्रनगर : नेपाल ईङ्गलिस ल्याङग्युज टिचर्स एशोसिएसन (नेल्टा) कञ्चनपुरको अध्यक्षमा राजेन्द्रप्रसाद जोशी चयन भएका छन् । शुक्रबार सम्पन्न आठौं अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ समिति चयन भएकोे हो । समितिको उपाध्यक्षमा राजेन्द्र भट्ट, सचिवमा पृथ्वीराज भट्ट, सह–सचिवमा नवराज पन्त, सदस्यता सचिवमा चाँदनी पन्त भट्ट, कोषाध्यक्षमा बिरबहादुर चन्द चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा दिपकराज भट्ट, पुण्यप्रसाद भट्ट र मकर एस.के. चयन भएका छन् । यसअघि सम्पन्न उद्घाटन सत्रमा नेल्टा सुदूरपश्चिमका अध्यक्ष रामजी हमाल प्रमुख अथिति रहेका थिए । कार्यक्रमको अध्यक्षता कञ्चनपुर अध्यक्ष गम्भीर चन्दले गरेका थिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, नेल्टा कञ्चनपुरका सल्लाहकार डा. भोजराज पन्त, त्रिभुवन कुमारभट्ट, डा. राजकुमार साउँद, सुरेन्द्रराज ओझा, उत्तम बिष्ट र एन–प्याब्सन कञ्चन पुरका अध्यक्ष शंकर जोशी अतिथि रहेका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.