रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

गोदावरी ईन्सच्युटले गर्‍यो विद्यार्थीको बिदाई

आइतबार २६, चैत २०७९ ००:४१    पश्चिमनेपाल न्यज डट कम



गोदावरी ईन्सच्युटले गर्‍यो विद्यार्थीको बिदाई

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको गोदावरी होटल म्यानेजमेन्ट ईन्सच्युटले आफ्ना कक्षा १२ का विद्यार्थीलाई बिदाई तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको बिदाई तथा स्वागत गरिएको हो । 
बिदाई समारोहमा प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टले भने, ‘ईन्सच्युटले छोटो अवधीमै राम्रो प्रगति गरेको देख्दा खुसी छु, सम्पुण विद्यार्थीहरु र विद्यालयको प्रगतिको कामना गर्दछु ।’
विद्यालयका प्रिन्सिपल विनोदप्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक मकर एस.के.ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन केशबराज पन्तले गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । 



प्रतिकृया दिनुहोस