आइतबार २६, चैत २०७९ ०७:५० पवन जोशी
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० मा क्रिकेट ट्रेनिङ्ग क्याम्प सञ्चालन गरिने भएको छ । यही चै २९ गतेबाट निःशुल्क ?पमा क्याम्प सञ्चालनमा ल्याईन लागेको हो ।
भिनपा–१० स्थित होलि फेम्ली ईङ्गलिस बोडीङ्ग स्कुलले स्थापना गरेको होलि फेम्ली क्रिकेट एकेडेमीको आयोजनामा क्याम्प सञ्चालन भईरहेको हो । जसका लागि ईच्छुक खेलाडीले यही चैत २८ गतेभित्र नाम दर्ता गराई सक्नुपर्ने आयोजकले जनाएको छ । ट्रेनिङ्ग समय बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ३ बजेर ३० मिनेट देखि ६ बजेर ३० मिनेटसम्मको समय तोकिएको छ ।
बिशाल र व्यवस्थित का साथै क्रिकेटको मापदण्ड अनुसार निमार्ण गरिएका टर्फ पिच र ३ वटा नेट ट्रेनिङ्ग रहेको एकेडेमीले ९ देखि १८ बर्ष उमेर समुहका छात्र÷छात्रालाई निःशुल्क तालिम दिन लागिएको होलि फेम्लीका अध्यक्ष भुपाल बिष्टले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.