शनिबार ०९, बैशाख २०८० ०३:३६ शुरेस पन्त
महेन्द्रनगर : स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा कञ्चनपुरका जनताको स्वास्थ्य स्थिति तथा जिल्लामा चलिरहेका स्वास्थ्य कार्यक्रमहरुको कार्यान्वयनको अवस्था बुझ्न आयोजना गरिएको दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ ।
शनिबारबाट शुरुभएको उक्त गोष्ठि दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ । गोष्ठिमा जिल्लाभरका नौ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यतर्फ सहयोग गरिरहेका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालयले अहिले जिल्लाभरी स्वास्थ्यमा एकरुपता ल्याउन समन्वयनात्मक भुमिका निर्वाह गर्दै आईरहेको छ । यसका साथै खोप, पोषण, दिर्घरोग, कुष्टरोग, संघ÷प्रदेशबाट उपलब्ध भएका उपकरण तथा औषधी वितरण गर्ने कार्य गर्दै आईरहेको खोप फोकल प्रसन जनक कँुवरले बताए ।
दुईदिने गोष्ठीमा महत्वपुर्ण बिषयमा छलफल गरिने स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए । उनले भने,‘हामीलाई संघ सरकारले निश्चित इन्डिकेटर(लक्ष्य) दिएको हुन्छ, यसमा भएको प्रगति र लक्ष्य प्राप्त गर्न गनुपर्ने आवश्यक कामहरुका बारेमा गोष्ठीमा गम्भिर छलफल हुन्छ ।’
‘जनताको स्वास्थ्य सुधार गर्न हामी कहाँ चुकेका छौ ? के गर्नुपर्ने छ ? यस्ता बिषयमा छलफल गरेर कहाँ कमजारी भईरहेको छ पत्ता लगाएर अगाडी बढ्नुपर्छ ।’ कार्यालय प्रमुख पन्तले भने ।
गोष्ठीमा सबैले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गोष्ठीको सहजिकरण स्वास्थ्य निर्देशनालय डोटीका तथ्याङ्क अधिकृत मोहनदेव भट्टले गरेका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.