सोमबार ११, बैशाख २०८० ००:२५ पवन जोशी
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० मा आयोजना गरिएको निः शुल्क क्रिकेट ट्रेनिङ्ग क्याम्पको आइतबार विधिवत रुपमा समापन गरिएको छ । आयोजकले एक कार्यक्रमको आयोजना गरेर कार्यक्रमको समापन गरेका हुन् ।
यही चै २९ गतेबाट निःशुल्क रुपमा होलि फेम्ली क्रिकेट एकेडेमीले क्याम्प सञ्चालनमा ल्याएको थियो । क्याम्पमा दुई सय जना खेलाडी?ले ट्रेनिङ्ग लिएको आयोजकले जनाएको छ ।
भिनपा–१० स्थित होलि फेम्ली ईङ्गलिस बोडीङ्ग स्कुलले स्थापना गरेको होलि फेम्ली क्रिकेट एकेडेमीको आयोजनामा क्याम्प सञ्चालन भएको हो । जसका लागि ईच्छुक खेलाडीले यही चैत २८ गतेभित्र नाम दर्ता गराई सक्नुपर्ने व्यवस्था रहेको थियो । ट्रेनिङ्ग समय बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ३ बजेर ३० मिनेट देखि ६ बजेर ३० मिनेटसम्मको समय तोकिएको थियो ।
बिशाल र व्यवस्थित का साथै क्रिकेटको मापदण्ड अनुसार निमार्ण गरिएका टर्फ पिच र ३ वटा नेट ट्रेनिङ्ग रहेको एकेडेमीले ९ देखि १८ बर्ष उमेर समुहका छात्र÷छात्रालाई निःशुल्क तालिम दिएको। होलि फेम्लीका अध्यक्ष भुपाल बिष्टले बताए ।
क्रिकेट ट्रेनिङ्गको समापन कार्यक्रमा होलि फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपाल सिंह बिस्ट सभापति, सुदूरपश्चिम प्रदेशका माननिय सांसद तथा प्रदेशका पुर्व अर्थमन्त्री प्रकाश रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिहरुमा दोधारा चादनी न.पा. मेयर किशोर कुमार लिम्बू, नेसनल क्रीकेट सिलेक्टर बाशुदेब जोशी, युनिल श्रेष्ठ ,भि.न.पा.–९ वार्ड अध्यक्ष गगन कार्की , भि.न.पा. ७ वार्ड अध्यक्ष गणेश चन्द , प्याब्सन केन्द्रिय सल्लाहकार हिरा चन्द लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई नगद सहित सम्मननित गरिएको थियो । सम्मानित हुनेमा रास्ट्रीय क्रीकेट खेलाडी मिलन बोहरा , महिला रास्ट्रीय क्रीकेट खेलाडी कविता जोशी र बिन्दु रावल रहेका छन् । प्रत्येक खेलाडीलाई पुरुस्कार राशी नगद २५ हजार १ सय ५१ रुपैयाँ र दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा १० जना क्रीकेट प्रशिक्षकहरुलाई नगद सहित प्रसंशापत्र प्रदान गरिएको थियो । एकेडमीका सचिब महादेव प्रसाद भट्टले स्वागत मन्त्ब्य राखेको कार्यक्रमको सञ्चालन हरि सिंह ठगुन्नाले गरेका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.