रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    
जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको समिक्षा गोष्ठी सम्पन्न

जनताको स्वास्थ्यस्तर सुधारौ : कार्यालय प्रमुख पन्त

सोमबार ११, बैशाख २०८० ०१:०७    पवन जोशी



जनताको स्वास्थ्यस्तर सुधारौ  : कार्यालय प्रमुख पन्त

महेन्द्रनगरः स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख दयाकृष्ण पन्तले जनताको स्वास्थ्य स्तर सुधार गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत सबैले एकजुट भएर लाग्नुपर्ने बताएका छन् । 
स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको दुई दिने समिक्षा गोष्ठीलाई सम्बोधन गदै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘राज्यले हामीलाई जनताको स्वास्थ्य बचाउन खटाएको हो बुझेर जिम्मेवारी निर्वाह गरौं बरु केही समस्या भए स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायमा सम्पर्क गरौं ।’
‘बदलिएको प्रविधिसंगै तपाईहरुले राम्रो मेहनत गरेर अगाडी बढ्नुभएको छ, यसको म प्रशंसा गर्दछु, १० बर्ष अगाडी कम्प्युटर नदेखेका साथीहरुले समेत आफुलाई यस लेबल सम्म पुगाउनुभएको छ, जनताको काम अझै देखिनेगरि गर्नुहनेछ भन्नेमा म बिश्वस्त छु ।’ पन्तले भने । उनले थपे, ‘ केही नजानेका वा थप जान्न चाहने कर्मचारीका लागि छिट्टै तालिमको व्यवस्था गर्छु, २०/२५ जनाको ग्रुप बनाएर आनुहोस् प्राविधिक समस्या समाधान गरेर जनताको सेवा गर्ने सवालमा म आँतुर छुँ । ’
स्वास्थ्य निर्देशनालय डोटीका तथ्याङ्क अधिकृत मोहनदेव भट्टको प्रमुख आथित्यतामा सम्पन्न समापन कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख पन्तले गरेका थिए । कार्यक्रममा कञ्चनपुरका जनताको स्वास्थ्य स्थिति तथा जिल्लामा चलिरहेका स्वास्थ्य कार्यक्रमहरुको कार्यान्वयनको अवस्थाबारे व्यापक छलफल गरिएको थियो । 
गोष्ठिमा जिल्लाभरका नौ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यतर्फ सहयोग गरिरहेका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सबैले आफ्नो कार्यालय वा सस्थाले दिएको सेवाबारे प्रस्तुतीकरण गरेका थिए ।

स्वास्थ्य कार्यालयले अहिले जिल्लाभरी स्वास्थ्यमा एकरुपता ल्याउन समन्वयनात्मक भुमिका निर्वाह गर्दै आईरहेको छ । यसका साथै खोप, पोषण, दिर्घरोग, कुष्टरोग, संघ÷प्रदेशबाट उपलब्ध भएका उपकरण तथा औषधी वितरण गर्ने कार्य गर्दै आईरहेको खोप फोकल प्रसन जनक कँुवरले बताए ।

दुईदिने गोष्ठीमा महत्वपुर्ण बिषयमा छलफल भएको र छलफलमा उठेका कुराहरुको कार्यान्वयन गरिने स्वास्थ्य कार्यालयका सुपरभाईजर कपिलदेव जोशीले बताए । 
 



प्रतिकृया दिनुहोस