रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा

शनिबार १६, बैशाख २०८० ०६:१२    पश्चिमनेपाल न्यज डट कम



नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं  : काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । यूएई २ रनले विजयी भयो ।
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनस् रोकिएको थियो ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

उता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । 
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।
 



प्रतिकृया दिनुहोस