रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप

शनिबार १६, बैशाख २०८० ०६:२५    पश्चिमनेपाल न्यज डट कम



बैतडी :  बैतडीमा ८० हजार  बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो । 
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो ।  केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पिपिआर खोप पठाइएको र सोहीअनुसार लगाइएको जनाएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो । 
पिपिआर रोगबाट बाख्रालाई बचाउनका लागि  जिल्लाभारि  खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस् भनेर सरकारले पिपिआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।’
बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्‍याल सिँगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । गत वर्ष पनि बाख्रालाई पिपिआर खोप दिइएको थियो । जिल्लाभरि किसानले करिब रु डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिनुभयो । 



प्रतिकृया दिनुहोस