आइतबार १७, बैशाख २०८० ११:५८ गणेश जोशी
महेन्द्रनगर : नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक रूपमा सीमा समस्या बारे छलफल हुने उनले बताएका हुन् ।
आफ्नो दुईदिने भ्रमणका क्रममा गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्र मन्त्री साउँदले आज (आइतबार) प्रेस युनियन कञ्चनपुरको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘दुवै देशको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ, छिट्टै मिति तय भएर भ्रमण हुन्छ ।’ भ्रमणमा थुप्रै कामहरू गर्नुपर्ने भएकाले अलि ढिलाइ भएको हो ।
भ्रमणका क्रममा सीमा समस्या, सुख्खा बन्दरगाह निर्माणमा एमओयु लगायतका सन्धि सम्झौता कार्यान्वयन तथा नयाँ थुप्रै कामहरू गर्नुपर्ने भएकाले यसको अध्ययन गरेरै भ्रमण गर्ने तयारी भइरहेको उहाँले बताए ।
‘थुप्रै आयोजनामा एमओयुका काम छन्, सीमाका समस्या समाधानका कुरा छन्, महाकाली सिचाई तेस्रो चरणको पानीको कुरा छ, पुराना सन्धि सम्झौताका कुरा छन् ।’ उनले भने, ‘सबै पक्षको प्राथमिकता निर्धारण गरी छलफलबाट समाधान निकाल्छौ ।’
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.