रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    
दुई सय शैयाको अनुमति, दरवन्दी अनुसारका डाक्टर ल्याउन पहल गरिने

महाकाली अस्पतालमा छिट्टै सिटी स्क्यान मेसिन आउँछ : नेता लेखक

सोमबार १८, बैशाख २०८० ०१:१८    पवन जोशी



महाकाली अस्पतालमा छिट्टै सिटी स्क्यान मेसिन आउँछ : नेता लेखक

महेन्द्रनगर : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पुर्वमन्त्री रमेश लेखकले दैजि छेला औद्योगिक क्षेत्रको काम अगाडी बढ्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘आद्योगिक क्षेत्रको काम सरकार उथलपुथलले प्रभावित भएको हो, यसलाई हाम्रो सरकारले अगाडी बढाउँछ ।’ यस्तै उनले महाकाली प्रादेशिक अस्पतालमा छिट्टै सिटीस्क्यान मेसिन ल्याउन आफु लाग्ने बताए । ‘महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पतालमा सिटीस्क्यानको आवश्यकता रहेको छ, टिट्टै त्यसको व्यवस्थापन गरिन्छ ।’ उनले भने, महाकाली अस्पताललाई दुई सय शैयाको अस्पताल बनाउनुका साथै दरबन्दी अनुसार डाक्टर ल्याउन समेत पहल गर्छु ।’ 

यस्तै लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिने बताए । उनले  सुख्खा बन्दरगाह निर्माणको लागि भारतसँग चाँडै एमओयू हुने र भारतले बन्दरगाह सञ्चालनका लागि महाकली पुल जोड्ने  जोड्ने सडक निर्माण गरिरहेको बताए ।

‘सुख्खा बन्दरगाह भारतले बनाइदिने सहमति भइसकेको छ, एमओयू मस्यौदा पठाइसकेको छ, प्रधानमन्त्री ज्यूको भ्रमणका क्रममा एमओयू हुन्छ,’ उनले भने,‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौताको चरणमा छ ।’

लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकसित गरिने समेत बताए । महाकाली करिडोर अन्तर्गत कञ्चनपुरदेखि चिनको सीमासँग जोडिएको दार्चुलाको तिंकरसम्मको सडकको ट्रयाक खोल्ने काम समेत शुरु भईसकेको बताउँदै उनले भने , ‘महाकाली करिडोर दशकअघिको सपना हो, रुख कटानको आदेश नहुँदा २÷३ वर्षदेखि काम गर्न रोकिएको थियो ।,’ लेखकले भने, ‘रुख कटानको निर्णयपछि ट्रयाक खोल्ने काम सुरु भएको छ, काम समयमा सम्पन्न गर्न निगरानी गर्छु ।’

कार्यक्रममा बोल्दै नेता लेखकले दुर्घटनामा घाइते भएका प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दलाई स्वास्थ्य लाभको कामना गरेका थिए । यसअघि परराष्ट्रमन्त्री एनपी साउदले निवासमै भेटेर चन्दको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । सडक दुर्घटनामा घाइते चन्दले पत्रकार सम्मेलनको अध्यक्षता गरेका थिए ।



प्रतिकृया दिनुहोस