रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    
कोरोनापछि महेन्द्रनगरबाट विस्तापित भए भारतीय ठेला व्यवसायी

‘भारतमा मजदुरीबाट कमाउने पैसाभन्दा दोब्बर कमाई’

सोमबार २५, बैशाख २०८० ११:५६    पश्चिमनेपाल न्यज डट कम



‘भारतमा मजदुरीबाट कमाउने पैसाभन्दा दोब्बर कमाई’

महेन्द्रनगर : दार्चुला जिल्लाका रामसिंह धामी ठेलामा तरकारी बेच्नुहुन्छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ बस्नुहुने ४८ बर्षिय धामी २० बर्ष भारतको दिल्ली लगायत विभिन्न ठाउँमा मजदुरी गरेर २०७६ चैत २८ गते घर फर्कीएका हुन् । 
 
घर फर्केपछि भारत फर्कने सोच बनाएपनि पछि उनले यतै केही गर्ने सोचे । धेरै लगानी लाग्ने कामका लागि पैसा नभएका उनले कम लगानीमा हुने व्यवसाय गर्नुपर्ने थियो । उनले ठेलामा तरकारी बेच्ने निधो गरे र अहिलेसम्म निरन्तर गरिरहेका छन् । 
 
‘मैले शुरु गरेको २ बर्ष जति भयो भारतमा भन्दा राम्रो रकम बचत गरिरहेको छु, भारतमा २० हजार नेपाली तलब पाउथे या खर्च काटेर दैनिक १ हजार भन्दा माथी बचाउँछु ।’ धामीले भने, ‘अहिले २० बर्ष किन भारत बसेहुँला जस्तो लाग्छ, काम सानोठुलो हुँदैन आफ्नो देशमा गरेमा परिवारसंग बस्न पाएको छु ।’ 

गुल्मीका नित्यानन्द घिमिरे ५ बर्ष मलेसियामा मजदुरी गरेर आएका हुन् । कोरोना महामारीपछि उनी आफ्नो देश नेपाल फर्किए । बसपार्क नजिक भाडामा बस्ने उनीपनि ठेलामा तरकारी बेच्छन् । 

मलेसियामा ६० हजार मासिक कमाउने उनी ठेला व्यवसायबाट मासिक ८० हजार कमाउछन् । सिजनल रुपमा काफल, तरुल, अंगुर, तरकारी लगायतका वस्तु बच्ने उनी महेन्द्रनगर बजारमा ठेला घुमाएर व्यापार गर्छन । उनी भन्छन्, ‘मैले मासिक ८० हजार यतै कमाईरहेको छु, देशमा काम गर्न लाज मान्नु हुँदैन भन्ने अनुभव भएको छ, सबैलाई देशमै काम गर्न र उत्पादन मुलक काममा लगानी गर्न अनुरोध गर्छु ।’

यस्तै कोरोना अघि भारतको दिल्लीमा १६ हजार नेपालीमा मजदुरी गर्ने  नरेन्द्रसिंह धामी अहिले महेन्द्रनगरमा ठेलामा तरकारी बेच्छन् । उनीपनि कोरोना संक्रमणपछि नेपाल फर्किएका हुन् । । उनी भन्छन्, ‘अहिले ठेलामा फलफुल व्यवसायबाट मासिक ३० हजार बढी कमाई भईरहेको छ ।’

भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम बस्ने दम्पती तारा पार्की र ईश्वरी पाकी २ बर्ष अगाडी भारतको बेङ्गलोरमा काम गर्थे । कोरोना महामारीमा २०७६ साल बैशाखमा घर फर्किएका पार्की भारतमा २० हजार नेपाली कमाउथे अहिले ठेलामा दुईवटै बुढाबुढी तरकारी बेच्छन् । उनीहरु मासिक ५० हजार कमाई हुने बताउँछन् । उनले भने, ‘२ बर्षदेखि ठेलामा तरकारी व्यवसायी गरेका छौ, सन्तुष्ट छौ ।’

यीँ त प्रतिनिधि पात्र मात्र हुन् । यस्तै कञ्चनपुरमा ३ सय बढी ठेला व्यवसायी रहेको र ९० प्रतिशत नेपाली रहेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताए । यस्तै लामो समयदेखी ठेला व्यवसाय गरिरहेकाहरु स्थापित भईसकेका छन् ।  स्थापितहरु मासिक ५० हजारभन्दा माथी कमाउने गरेको उनीहरु बताउछन् । 
२०५४ सालमा बैतडीको तत्कालिन दशरतचन्द नगरपालिका–१३ (हाल दागडाकेदार नगरपालिका–४) का वडा अध्यक्ष भईसक्नुभएका दामोदर भट्टले २०६४ सालमा शुरु गर्नुभएको ठेलामा ब्रेड बेच्ने व्यवसायलाई छोरा जगदीस भट्ट र बुहारी हिराकुमारी पान्डेय भट्टले अगाडी बढाएका छन् । 

५ बर्ष पहिले दामोदरको स्वास्थ्य अवस्था खराब भएपछि उनी पहाड गए र छोरालाई जिम्मेवारी दिए । अहिले छोरा बुहारी दुबै मिलेर चिया, समोसा, ब्रेड, अण्डा, पकौडा, मःम, बिरियानी लगायतका खानेकुरा बनाउने उनीहरु मासिक ६० हजार कमाई गरिराखेका छन् । भट्टले भने,‘मान्छेले कर्म गर्नुपर्छ, आफ्नै देशमा काम गर्न सिक्नुपर्छ, मासिक घटीमा ६० हजार कमाई हुन्छ ।’ ठेलाबाट कमाएर उनले भिनपा–२ मा १ कट्टा जग्गा पनि खरिद गरेका छन् ।  

यस्तै कैलाली जोशीपुर बस्ने सागर चौधरी भिमदत्त नगरपालिका वडा नम्बर २ भाँसीमा भाडामा बस्छन् । उनी र उनकी श्रीमती सञ्जुले पानीपुरी, जुस र फलफुल बेच्ने गर्छन् । उनीहरुले सबै खर्च काटेर ७० हजार मासिक कमाउने गरेका छन् । सागर भन्छन्, ‘मैले बनाएको पानीपुरी र चाट सबैले मन पराउँछन्, सबैले प्रशंसा गर्छन् ।’

१५ बर्षदेखि ऐठपुरमा नहर नजिक ठेला लगाउने शुरेश भट्ट र उहाँका दुई भाई ठेलामै काम गर्छन् । उनीहरुले पनि मासिक १ लाख बढी कामाई गरिरहेका छन् । उनले भने, ‘तिनै भाई ठेलामै काम गर्छौ मासिक १ लाख बढी बचत हुन्छ, जलेबि, ब्रेड, पकौडा, अण्डा, बडापाउ लगायतका खानेकुरा बनाउने गरेको छु ।’ 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले १६ बर्षदेखि महेन्द्रराजमार्गमा पर्ने भाँसी चोकमा ठेलाबाट पानिपुरी, चाट, ब्रेड र चाउमिन बेच्दै आउनुभएको छ । उनीहरुले पनि मासिक ८० हजार बढी कमाई हुने बताए । 

यस्तै होटल ओपेरा अगाडी ठेलामै मःम, चाउमिन र बिरीयानी बेच्ने लक्ष्मी जोशी कोरोनाअघि भारतको हरियाणमा मासिक १६ हजार कमाउनुहुन्छ । उनले अहिले मासिक ६० हजार कमाउने बताउँछन् । बझाङ्ग घर भएका उहाँ महेन्द्रनगरमा परिवार सहित भाडामा बस्छन् । उनी भन्छन्, ‘भारततिर धेरै गईयो यतै केही गरौं भनेर मःम बेच्ने सोच बनाए अहिले राम्रो चलेको छ ।’ आफुले बनाएको मःम सबैले मन पराउने गरेको उनी बताउँछन् ।  

कोरोना महामारीपछि महेन्द्रनगर बजारमा ठेला व्यवसायमा नेपालीहरु देखिन थालेका हुन् । दशकौंदेखि प्राय भारतीय नागरिकहरुले ठेला व्यवसाय गर्दै आएका थिए । ठेलाबाट गरिने तरकारी, ब्रेड पकौडा, अण्डा, चाट, मःम, पानीपुरी, समोसा, चिया, बिरियानि, लुगाकपडा, पराठा, मक्कै, आईसक्रिम, फलफुल लगायतका वस्तुहरु बिक्री हुने गर्दछन् ।

 २०७६ साल चैतमा कोरोनाका कारण लकडाउन भएपछि भारतबाट नेपाल फर्केका नेपाली  धेरै मजदुर भारत फर्केनन्, बरु
नेपालमै बसे र सानोतिनो व्यवसाय गर्न लागे नेपालीहरुले व्यवसाय सञ्चालन गर्न थालेपछि भारतीयहरु विस्तापित हुपरेको उद्योग वाणिज्य महासंका केन्द्रीय सदस्य जंग बहादुर मल्लले बताए । 




प्रतिकृया दिनुहोस