सोमबार २५, बैशाख २०८० ०८:४८ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : भिमदत्त नगरपालिका–वडा नम्बर १७ का वडा अध्यक्ष पदम बुढाले आफ्नो पाउनुपर्ने तलबभत्ताबाट ३ बर्षदेखि चल्न नसकेर थन्कीएको एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेका छन् ।
नेपाल रेडक्रस सोसाईटी महाकाली उप–शाखा बाँसखेडाले सञ्चालनमा ल्याएको थियो । एम्बुलेन्स बिग्रीएपछि बनाउन पैसाको व्यवस्था नभएपछि थन्कीएको शाखा सभापति पर्शुराम पन्तले जानकारी दिए ।
उनले भने, ‘तीन बर्षअघि एम्बुलेन्स दुर्घटनामा परेपछि बनाउन नसक्दा थन्कीएको हो, अहिले वडा अध्यक्षज्युले आफ्नो पारिश्रमिकबाट बनाएर चलाउने भनेपछि ५ बर्षका लागि सम्झौता गरेका छौ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १७ का अध्यक्ष पदमसिंह बुढाले एक वर्षको पारिश्रमिक एम्बुलेन्स मर्मतमा खर्च गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी महाकाली उपशाखा भीमदत्त नगरपालिकाको थन्किएको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
‘केही वर्षदेखि रेडक्रसमा एम्बुलेन्स बिग्रिएर थन्किएको थियो, एक वर्षको पारिश्रमिक खर्चेर एम्बुलेन्स मर्मत गरिएको छ’, अध्यक्ष बुढाले भने, ‘ जेठ ३ गतेबाट एम्बुलेन्स सञ्चालनमा आउँछ ।’
रेडक्रस उप–शाखा र वडा कार्यालयकाबीच म १ ख २८८ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि पाँच वर्षको सम्झौता भएको हो । एक वर्षको पारिश्रमिकमध्येको रु. दुई लाख ८० हजार भन्दा बढी रकम एम्बुलेन्स मर्मतमा खर्च भएको वडा अध्यक्ष बुढाले बताए ।
आफुले निर्वाचन लड्दै गर्दा पारिश्रमि र भत्ता नलिने घोषणा गरेको स्मरण गदै उनले भने ‘मेरो पारिश्रमिकबाट एम्बुलेन्सको शुल्क तिर्छौ, १७ नं. वडाका जेष्ठ नागरिकलाई महेन्द्रनगरसम्म निःशुल्क सेवा उपलब्ध गराउँछौँ’, उनले थपे, ‘अन्यको हकमा रेडक्रसले निर्धारण गरेको शुल्क तिर्नुपर्छ ।’
वडा अध्यक्ष बुढाले भने, ‘एम्बुलेन्स सञ्चालनमा आएपछि भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३, १४, १६ र १७ का स्थानीय लाभान्वित हुनेछन्, यो क्षेत्रमा एम्बुलेन्स नभएकाले एम्बुलेन्सलको सेवा यीँ ६ वडामा केन्द्रीत हुनेछ ।’
भीमदत्त नगरपालिकाले १९ वटै वडामा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । एम्बुलेन्स भीमदत्त नगरपालिका–१७ कै कार्यालय तथा अधिनमा रहने वडा अध्यक्ष बुढाले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.