रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

भारतले खोल्यो बन्दरगाह निर्माण स्थलसम्मको ट्र्याक

मङ्गलबार २६, बैशाख २०८० ०१:१८    पश्चिमनेपाल न्यज डट कम



भारतले खोल्यो बन्दरगाह निर्माण स्थलसम्मको ट्र्याक

महेन्द्रनगर : भारतको राष्ट्रिय राजमार्गबाट दोधाराचाँदनीमा बन्ने भनिएको सुख्खा बन्दरगाह निर्माण स्थल तथा महाकालीमा बनेको चारलेनको पुलको पहुँचमार्गसंग जोड्न भारततर्फ बनाउनुपर्ने चार लेनको तीन किलोमिटर ८२८ मिटर पहुँचमार्ग (सडक) निर्माणको काम भारतीय पक्षले तिब्र गतिमा गरिरहेको छ । 

जसअन्र्तगत अहिले ट्र्याक खोल्ने काम सकिएको भारत सरकारका राष्ट्रिय राजमार्ग प्राधिकरण लिमिटेडका जनरल मेनेजर अनिल कुमार मौर्याले जानकारी दिए । 

राजमार्ग प्राधिकरणले आफै निर्माण गरिरहेको राष्ट्रिय राजमार्गमा जोडिने चक्करपुरबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुख्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो ।
 
भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको र यसले बन्दरगाह बन्ने बाटोमा एउटा ईटा थपिएको  दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता ओम बस्नेतले बताए । 

दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि भारततर्फ पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका २२ सय ६२ रूख काटीएका परेको मेनेजर मौर्याले बताए । 

‘मार्च ३ तारिकबाट १८ महिनामा सक्ने गरि काम शुरु गरेका छौ, अहिले रुख काट्ने र ट्र्याक खाल्ने काम सकिएको छ, काम समयमा नै सम्पन्न हुन्छ ।’ उनले भने, ‘हामीले यसबिचमा पर्ने २२ सय ६२ रुख काटेर ट्¥याक खोलेका हौं ।’ ट्रयाक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रेको काम अगाडि बढ्ने मेनेजर मौर्याले बताए ।
 
नेपाल सरकारले दोधारा चाँदनी नगरपालिका–१ मा सुख्खा बन्दरगाह निर्माण गर्ने कार्य तिन बर्षभित्र सक्ने तयारी गरेको छ । दुई दशकअघिदेखि चर्चामा रहेको सुख्खा बन्दरगाह निर्माणको काममा छिट्टै एमओयु हुने केही दिनअघि कञ्चनपुर आउनुभएका  परराष्ट्रमन्त्री नारायणप्रकास(एनपी) साउँदले पत्रकार सम्मेलनमा बताएका थिए । 
  
सुख्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो । उनले भने, ‘संरचना भारतले बनाउने समझदारी भइसकेको छ, अहिले ईआइए गर्ने काम अन्तिम चरणमा छ ।’ 

आयोजना निर्माण गर्न मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ । यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो तर स्थानीयले विरोध गरेपछि बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ मा पर्ने दुईवटा सामुदायीक वनलाई प्रस्ताव गरिएको हो । 

सुख्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण सम्पन्न भईसकेको छ । यसका साथै  नेपालतर्फको पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको  ७.८ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्नेमा १२ सय मिटर मात्र पिच गर्न बाँकी रहेको छ ।
 
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएमा सुदूरपश्चिमको मात्र नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्नेछ । दोधाराचाँदनीको यस नाकाबाट भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुर सबैभन्दा नजिक पर्दछन् । भारतको राजधानी दिल्ली तीन सय किलोमिटर र रुद्रपुर ९७ किलोमिटर दुरीमा पर्दछन् । 
 



प्रतिकृया दिनुहोस