रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

लक्ष्यको ७० प्रतिशत भन्सार असुली, कार्यालय प्रमुख आफै फिल्डमा

शनिबार ३०, बैशाख २०८० ०४:३०    गणेश जोशी



लक्ष्यको ७० प्रतिशत भन्सार असुली, कार्यालय प्रमुख आफै फिल्डमा

महेन्द्रनगर : नेपालकै मुख्य नाकाहरु मध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले आर्थिक बर्ष २०७९÷०८० मा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन गरेको छ । ५८ करोड ९६ लाखको लक्ष्य तय भएकोमा चैत मसान्तसम्म ३८ करोड रकम राजस्व संकलन भएको हो । जुन चैत मसान्तसम्मको लक्ष्मा ७० प्रतिशत हो । 
चालु आर्थिक बर्षमा ७० देखि ७५ प्रतिशत मात्रै भन्सार असुली हुने कञ्चनपुर जिल्ला भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज बिश्वकर्माले बताए । 
भन्सार रकम चुहावट हुन नदिन आफै खटेर काम गर्दै आएका बिश्वकर्मा भन्छन्, ‘चुहावट हुन नदिन आफै पनि खट्ने गरेको छु, यस पटक लक्ष्यको ७० देखि ७५ प्रतिशत मात्रै राजस्व उठ्छ ।’
विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले यस आर्थिक बर्षमा केही सामान आयातमा रोक लगाएपछि देशभरीमै यसको असर परेको बिश्वकर्माले बताए । ‘देशको विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले यस आ.व.मा हरियो मटर, सुपारी, मरिच, ५० हजार डलर भन्दामाथिको गाडी, ३०० डलर माथिका मोबाईल, महंगो मदीरा लगायतका केही सामान ल्याउन प्रतिबन्ध ग¥यो त्यसले केही असर परेको छ ।’ बिश्वकर्माले भने, ‘विदेशी विनिमय सञ्चिति माघबाट बढेपछि खुलेको छ,  भन्सार असुलीमा पनि सुधार आएको छ ।’
खुला सिमानाका भएतापनि राजस्व संकलनमा भने खासै चुहावट नभएको बिश्वकर्माले बताए । ‘खुला सिमानाका भएपनि  तस्करी हुन नपाएपछि सबै सामान भन्सार भएरै नेपाल भित्रिने गरेको छ ।’ बिश्वकर्माले भने, ‘यसमा भन्सारको मात्र नभई नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा सम्बन्धित सबैको योगदान रहेको छ ।’
गत आर्थिक बर्ष २०७८÷०७९ मा ५२ करोड लक्ष्य रहेकोमा ४६ करोड अर्थात ८९ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । 
यस्तै २०७७÷०७८ मा ३५ करोड ६७ लाख ८८ हजार राजस्व उठाउने लक्ष्य रहेकोमा ३७ करोड ३९ लाख २३ हजार राजस्व संकलन गर्न कार्यालय सफल भएको थियो ।  जुन लक्ष्यको १०४.८० प्रतिशत होे । 
यस्तै आर्थिक बर्ष २०७६÷०७७ मा ४८ करोड ६८ लाख ७५ हजार लक्ष्य रहेकोमा २६ करोड २८ लाख ९३ हजार राजस्व असुली भएको थियो ।  जुन लक्ष्यको ५४ प्रतिशत मात्र हुन आउँछ ।  आर्थिक बर्ष २०७५÷०७६ मा ४० करोड १२ लाख ८४ हजार लक्ष्य लिईएकोमा ३६ करोड ६७ लाख ८८ हजार असुली भएको थियो । जुन लक्ष्यको ९१.४० प्रतिशत हुन आउँछ । 
सिमा क्षेत्रमा प्रहरी कडा भएर लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । उनले भने ‘दिनहुँ लाखौंको अबैध सामान बरामद गरि भन्सार पठाउने गरेका छौ, खुला सिमाना भएपनि तस्करी रोकीएको छ ।’
यसै गरि शसस्त्र प्रहरी बलले पनि तस्करीको सामान बढीजसो कञ्चनपुरको दक्षणीक्षेत्र तथा दोधाराचाँदनी  लगायतका खुला सिमानाबाट बरामद गरि भन्सार बुझाउने गरेको शसस्त्र प्रहरी बलले जानाएको छ ।  
‘सिमामा गस्ती बढाएका छौं, बढीजसो खुला सिमानाकाबाट तस्करी हुने गरेको छ, यसलाई नियन्त्रण गर्न कडाई गरेका छौं ।’ शसस्त्र प्रहरी बल नं. ३५ शैलेश्वरी गण प्रमुख शसस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले भने, ‘हामीले राजस्व चुहावट रोक्ने हो, तस्करी नियन्त्रण गर्ने हो, बरामद गरिएका सामान भन्सार बुझाउने हो, त्यसलाई राजस्वमा बदल्ने जिम्मा भन्सार कार्यालयको हो, उसले समयमा लिलामी गरेर राजस्व बाँध्नुपर्छ ।’ 
‘हामीले यस आर्थिक बर्षमै २ करोड हाराहारीको सामान बरामद गरि भन्सार बुझाएका छौ ।’ उनले भने, ‘शसस्त्र प्रहरीले तस्करी रोक्ने, सिमामा हुने अवैध गतिविधि नियन्त्रण गर्ने, मानव बेचबिखन रोक्ने, सिमा सुरक्षा लगायतका क्षेत्रमा डटेर काम गरेको छ ।’ कञ्चनपुरमा अहिले १७ विआपि, ३ प्रस्तावित गुल्म, २ फरवार्ड बेस, १ जिल्ला सुरक्षा बेस र एक गण रहेका छन् । 
 



प्रतिकृया दिनुहोस