रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

बेलडाँडी ईप्रकाले गर्‍यो पुर्व प्रहरीहरुसंग छलफल

सोमबार ०१, जेठ २०८० १०:४०    पवन जोशी



बेलडाँडी ईप्रकाले गर्‍यो पुर्व प्रहरीहरुसंग छलफल

बेलडाँडी : ईलाका प्रहरी कार्यालय बेलडाँडीले पुर्व प्रहरीहरुसंग छलफल गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि  पुर्व प्रहरीहरुसंग छलफल, अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेको बेलडाँडी ईप्रकाका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन् ।
 
बेलडाँडी ईलाका प्रहरी कार्यालयको परिसरमा शान्ती सुरक्षाका विषयलाई प्रभावकारी बनाउन पुर्व प्रहरी कर्मचारीहरुसंग छलफल गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पुर्व प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तक्रिय कार्यक्रम सम्पन्न गरिएको ईप्रकाले जनाएको छ  । 

उक्त कार्यक्रमा पुर्व प्रहरी कर्मचारीहरु बिच अनुभवको आदान प्रदान तथा राय सुझाव लिईएको थियो । बेलडाँडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पन्तले पुर्व प्रहरी कर्मचारीबाट समाजमा शान्ती सुरक्षा, अपराध नियन्त्रण, खबर संकलनमा सहयोग हुने आशाका साथ यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम प्रभावकारी हुनुका साथै सबैले सहयोग गर्ने बाचा गरेको पन्तले बताए । आगामी दिनहरुमा प्रहरी कार्यमा पुर्व प्रहरी कर्मचारीहरुको राय सुझाव लिई शान्ती सुरक्षालाई अगाडी बढाइने उनले दावी गरे । बेलडाँडीमा पुर्व प्रहरी कर्मचारी ४०/४५ जना रहेको र २२ जना अहिले कमिटिमा रहेका छन् । 



प्रतिकृया दिनुहोस