रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल

शुक्रबार ०५, जेठ २०८० ११:५३    पश्चिमनेपाल न्यज डट कम



परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल

महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लक्षित गरेर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन्।  जेठ तेस्रो साता हुने सम्भावना रहेको भ्रमणलाई लक्षित गरेर उनले पूर्व परराष्ट्रमन्त्रीहरु, पूर्वराजदूतहरु र पूर्व सचिवहरुसँग छलफल तीव्र पारेका हुन्। 
परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन्। 
परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरु सुजाता कोइराला, रघुवीर महासेठ, डा। प्रकाशचन्द्र लोहनी र डा। भेषबहादुर थापा सहभागी थिए। 
पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए। 
उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसागै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए। 
परराष्ट्र मन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग छलफल गरेका थिए। 
उक्त छलफलमा पूर्वराजदूतद्वय डा. लोकराज बराल, डा। दिनेश भट्टराई तथा पूर्वसचिवहरु दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराईसँग छलफल गरिएको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।



प्रतिकृया दिनुहोस