रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु

बुधबार १०, जेठ २०८० १०:३०    गणेश जोशी



कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न. ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरिएको छ । बुधबार स्वास्थ्य चौकीको सभाहलमा एक औपचारीक कार्यक्रका बीच स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै नगरप्रमुख हेमराज ओझाले रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन । सेवा शुभारम्भ गरेपछि नगरप्रमुख ओझाले कृष्णबासीले रेबिज रोग विरुद्धको खोप सेवा लिन नगरपालिका बाहिर जानुपर्ने झन्झटलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको बताए । 
उनले नगरपालिका बाहिर सेवा लिन जाँदा आफ्ना नागरिकले कहिल्यै चिकित्सक नभेट्ने,कहिले समयमै अस्पताल नपुग्ने र सेवा लिन पनि मालाखेती अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी वा महाकाली अस्पताल जानुपर्ने बाध्यता रहेकाले पनि आफूले विभिन्न निकायसँग समन्वय गरेर रेबिज रोग विरुद्धको खोप सेवा कृष्णपुर स्वास्थ्य चौकीमा शुभारम्भ गरेको बताए । 
आफू निस्वार्थ रुपमा जनताको सेवा गर्न कटिबद्ध रहेको भन्दै नगरप्रमुख ओझाले समृद्ध कृष्णपुर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह समेत गरे ।
रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ कार्यक्रममा बोल्दै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एंव वडा न. ५ का अध्यक्ष टेक पाण्डेले नगरप्रमुख ज्यूको स्वास्थ्य र शिक्षालाई आमुल परिवर्तन गर्ने योजनालाई सबैले साथ दिनुपर्ने बताए । उनले धेरैजसो विरोध मात्रै गर्ने नकारात्मकतातिर मात्रै ध्यान दिने गरेको भन्दै राम्रो काम जसले गरेपनि मुक्तकण्ठले प्रशंसा गर्नसक्नुपर्ने बताए । 
यस्तै वडा न.७ का अध्यक्ष घुम्मन रानाले नगरप्रमुखले पालिका समृद्धका लागि गरेको अभियानमा आफू काँधमा काँध मिलाएर हिड्न तयार रहेको बताए । 
नमुना स्वास्थ्य चौकीको रुपमा अगाडी बढाईदै
कृष्णपुर नगरपालिकामा रहेको स्वास्थ्य चौकीलाई नमुना स्वाथ्य चौकीको रुपमा अगाडी बढाउन पहल थालिएको छ । 
स्वाथ्य चौकीबाट चिकित्सक सहितको सेवा पाउन थालेपछि पछिल्लो समय सेवाग्राहीको भिड लाग्न थालेको छ । आफ्नै घर आँगनमा चिकित्सक सहितको सेवा पाएपछि आफू एकदम खुशी भएको स्थानीय नविना कठायतले बताइन् । त्यस्तै वडा न. ५ कै सेवाग्राही अनिता बिकले सुरुमा स–सानो स्वास्थ्य समस्या पर्दा पनि आफूहरु धनगढी–महेन्द्रनगर जाने गरेको भएपनि अहिले भने अत्यन्तै सजिलो भएको बताउँछन । 
२०५० सालमा उपस्वास्थ्य चौकीको रुपमा स्थापना भएको कृष्णपुर स्वास्थ्य चौकीमा हाल २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । दर्ता पुर्जा निशुल्क प्रयोगशाला सेवा, चिकित्सक सहितको ओ.पी.डी. सेवा निशुल्क औषधी, सुत्केरी महिला तथा जेष्ठ नागरीकलाई निशुल्क एम्बुलेन्स सेवा, उपमेयर सुत्केरी स्याहार कार्यक्रम, बाल स्वास्थ्य कार्यक्रम, गर्भवतीलाई निशुल्क झुल वितरण, निशुल्क रगत, आमा स्वास्थ्य कार्यक्रम, नागरीक आरोग्य सेवा केन्द्र (आयुर्वेद) सञ्चालनमा रहेको छ । 
हाल २२ जना कर्मचारी सहित सेवा दिदै आएको कृष्णपुर स्वास्थ्य चौकीलाई आइ.सी.यु.सहितको सुविधा सम्पन्न नगर अस्पताल बनाउने योजना रहेको नगरप्रमुख हेमराज ओझा बताए ।



प्रतिकृया दिनुहोस