रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    

बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती

सोमबार २१, भदौ २०७८ ०८:५८    पश्चिमनेपाल न्यज डट कम



बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती

महेन्द्रनगर,
      भिमदत्त नगरपालिका वडा नं. २ का निरञ्जन धामीले बैदेशिक रोजगारीबाट फर्केर गाउँमै तरकारी खेती शुरु गर्नुभएको छ । दुई बर्ष बैदेशिक रोजगारीमा दुवई बिताउनु भएका उहाँले फर्केपछि बिगत तीन बर्ष देखि तरकारी खेती गरिरहेका छन् । 
   

शुरुमा सानो–सानो जग्गामा गर्दै आज आएर उहाँले १० बिगाह क्षेत्रफलमा जग्गा लिजमा लिएर खेतिलाई बिस्तार गरेका हुन् । शुरुमा २ बिगाहमा गर्दा बार्षिक तीन देखि चार लाख आय हुने गरेको तर १० बिगाहमा गर्दा बार्षिक नौ देखि १० लाख मात्रै आय भएको उनले बताए । ठुलो मात्रामा गत बर्षबाट शुरु गरिएको र बजार अभाव तथा बिचौलियाले दररेट फरक पार्दा समस्या भएको उनको भनाई छ ।

यससंगै उनले आंशीक तथा पुर्ण गरी ६० जनाभन्दा बढीलाई रोजगारी समेत प्रदान गरेका छन् । उनले आफु आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढेको बताए । उनले भने, ‘व्यवसायीक कृषि गरेर देशमै केही गर्न सकिन्छ भन्ने लागेर तरकारी खेती शुरु गरेको हु, गर्दागर्दै यसपाली ठुलै स्केलमा काम शुरु गरेको छु ।’

अहिले बैगन, काक्रा, लौका, तोरीया, भिण्डी र फर्सी लगायतका सम्पुर्ण लहरे तरकारीहरु राम्रो फलेका छन् । ५ बर्षका लागि भाडामा जग्गा लिएर खेती गरिरहेका धामीले उत्पादित तरकारीको बजारमुल्य व्यवस्थित नहुँदा समस्या भएको बताए । बजारमा उपभोक्ताले ८० रुपैयाँ प्रतिकिलो किनिरहेको तरकारी आफुहरुले मण्डी व्यवस्थापन समितिको लापरवाही र बिचौलियाको दादागिरीका कारण ८ रुपैयाँ प्रतिकिलोमा बेचेर आउन बाध्य हुनुपरेको उनको गुनासो छ । 

उनले भने, ‘उत्पादन हामी गछौ, बजारसम्म ल्याउँछौ तर बिचौलियाले गरीखान नदिने बनाएका छन् ।’ सरकारले तरकारीको न्युनतम मुल्य नतोकीदिँदा समस्या झेल्न परेको उनकाे दावी छ  । धामीले भने, ‘हरियो तरकारी सड्ने खाले हुन्छ, कहिलेकाहीँ त तरकारी टिपेको लेबरखर्च र बजार ल्याउन प्रयोग गरिने अटोको भाडासम्म असुल हुँदैन ।’ उनले थपे, ‘सरकारले उत्पादीत बस्तुको बजार र मुल्य व्यवस्थित गर्न सकेमा म जस्तै धेरै युवाको रोजाई कृषि हुन्छ ।’
गतबर्ष उनले आफुले बगरखेती समेत गरेको र यसमा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट २ लाख र भिमदत्त नगरपालिकाबाट ३ लाख रकम अनुदान पाएको बताए । उनले भने, ‘ गतबर्ष बगरखेती गर्दा कृषि ज्ञान केन्द्र र भिमदत्त नगरपालिकाबाट अनुदान पाएँको थिए , अहिले गरिरहेको तरकारी खेतीमा भने कतैबाट अनुदान पाईएको छैन । 



प्रतिकृया दिनुहोस