सोमबार २१, भदौ २०७८ ०९:३३ पश्चिमनेपाल न्यज डट कम
काठमाडौं,
एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा रहेको अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।
अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।
एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।
बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको छ । ‘एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको छ र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडी बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।
बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.