रमेश लेखकका ‘पिए’ भट्टको भन्दै अश्लिल भिडिओ मिडीयामा     |     वडा अध्यक्ष प्रकाश थापा सहितका जुवाडेलाई पाँच दिन थुनामा राख्न म्याद थप     |     सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा     |     वडा अध्यक्ष प्रकाश थापा सहित दश जना जुवाडे पक्राउ, एक लाख ५६ हजार नगद रकम बरामद     |     वडा अध्यक्ष थापा सहित दश जना जुवाडे पक्राउ     |     जलबायु परिबर्तन सम्बन्धी दुई दिने कार्यशाला सप्पन्न     |     कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु     |     परराष्ट्रमन्त्रीले थाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सरोकारबालासंग गहन छलफल     |    
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि

१२ कक्षाको परीक्षा फेरी दोधारमा !

सोमबार १८, साउन २०७८ ०८:१९    Paschim Nepal News



१२ कक्षाको परीक्षा फेरी दोधारमा !

काठमाडौँ — कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ कक्षाको परीक्षा भर्चुअल गर्ने कि भौतिक रुपमा गर्ने भन्दै छलफल अघि बढाएको छ ।

शिक्षा मन्त्रालयले १२ कक्षाका परीक्षार्थीलाई कक्षामा भौतिक रुपमा उपस्थित भएर गराउने निर्णय गरिसकेको छ । जुन विद्यालयमा पढेको हो त्यही विद्यालयमा परीक्षा गराउन राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ सम्म परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । यसअघि जेठ २६ मा तय भएको परीक्षा कोरोनाको दोस्रो लहर सुरु भएपछि रोकिएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय भौतिक रुपमा परीक्षा सञ्चालन गर्न नहुने पक्षमा उभिएको हो । ‘आन्तरिक मूल्यांकनबाट परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग समन्वय गर्छौं,’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने,‘सीसीएमसीसँग पनि यस विषयमा छलफल गर्छौं ।’ भौतिक परीक्षा सञ्चालन गर्दा संक्रमण फैलन सक्ने मन्त्रालयले आकलन गरेको छ ।

भौतिक रुपमा परीक्षा नगर्ने हो भने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।

राज्यमन्त्री श्रेष्ठले सोमबारको पत्रकार सम्मेलनमा कक्षा १२ सहित सबै तहको परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयसँग छलफल गरिने बताए । पत्रकार सम्मेलन सकिएलगत्तै श्रेष्ठले सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्मासँग पनि छलफल गरेका थिए । ‘परीक्षा रोक्ने भन्ने होइन । भौतिक रुपमा गर्ने कि घरमै बसेर भर्चुअल्ली गर्ने भन्नेमा छलफल भइरहेको छ । भोलि पनि छलफल छ,’ श्रेष्ठले भने ।

संसद्‌को शिक्षा र स्वास्थ्य समितिले स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्सको व्यवस्था गरेर सुरक्षित तरिकारले परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न समेत समितिले सुझाव दिएको छ । समितिको निर्देशन र सुझाव कार्यान्वयन गर्न आवश्यक सहयोग गरिदिन भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्यलाई पत्राचार समेत गरेको छ ।

साभार अनलाइन खबर डटकम



प्रतिकृया दिनुहोस