दशै उत्सवमा गार्डेन मार्टले छुट दिने : प्रबन्धक जोशी

आइतबार १०, असोज २०७८ ०१:२६    आस्था जोशी



दशै उत्सवमा गार्डेन मार्टले छुट दिने : प्रबन्धक जोशी

आस्था जोशी : पछिल्लो समयमा निकै चर्चामा रहेको  शिवशिखर बहुउद्येश्यीय सहकारी संस्था लिमिडेडले संचालनमा ल्याएको गार्डेन मार्ट महेन्द्रनगरले असोज १६ गते शनिबारका दिन दशैँ उत्सव मनाउने भएको छ । 
देशैभरिका पाँचवटा स्थानमा एकैसाथ नयाँ शाखाको उद्घाटन हुन गईरहेको खुशियालीमा उक्त दिन दशैँ उत्सव मनाईने प्रदेश प्रबन्धक हेमराज जोशीले बताए । प्रबन्धक जोशीले दशैको पुर्व सन्ध्यामा शुभकामना स्वरुप सो दिनलाई उत्सवको रुपमा मनाउदैँ र खुशियाली स्वरुप आफ्ना शेवाग्राहीहरुलाई नगद छुट अफर रहेको बताए । 

उक्त उत्सवको दिन गार्डेन मार्ट चितवन टाँडी, दमक, गाइघाट, ठैव र बाग्लुंगमा उद्घाटन हुने भएको हो । उत्सव दिनमा महेन्द्रनगर स्थित गार्डेन मार्टमा सामान किन्न आउने ग्राहकलाई कपडामा नगद २५ प्रतिशत, जुत्तामा  २० प्रतिशत, ब्यागमा १५ प्रतिशत , दैनिक उपभोग्य का सामाग्री मा  २ प्रतिशत छुट र भान्साका सामाग्री तथा इलेक्ट्रोनिकमा १५ प्रतिशत नगद छुटको अफर राखिएको प्रदेश प्रबन्धक जोशीले बताए । 



प्रतिकृया दिनुहोस