कञ्नपपुरमा पुरानै गतिमा दौडियो एमाले

नेकपा एमाले कञ्चनपुरले धमाधम वडा तथा नगर भेला गर्दै

सोमबार ११, असोज २०७८ ०४:५७    आस्था जोशी



नेकपा एमाले कञ्चनपुरले धमाधम वडा तथा नगर भेला गर्दै

आस्था जोशी/ महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरले पछिल्लो समय पार्टीका गतिविधिलाई तिब्रताका साथ अघि बढाएको छ । यसै क्रममा अहिले एमालेले वडा तथा नगर स्तरीय भेला तथा विस्तारित बैठकहरु सम्पन्न गरिरहेको छ । हालसम्म कञ्चनपुरका अधिकान्स वडाहरुमा भेला तथा विस्तारित बैठकहरु सम्पन्न गरिसकिएको र बाँकी भेलाहरु सम्पन्न हुने क्रम जारी रहेको एमालेले जनाएको छ ।  

एमालेले हालसम्म भिमदत्त नगरपालिकामा रहेका १९ वडामध्ये वडा नं. १, ३, ४, ५, ६, ७, ८, ९, १०, १२ , १३ र १८ मा भेला सम्पन्न गरिसकेको छ । भिमदत्तमा भेला गर्न बाँकी वडा नं. २, ११, १४, १५, १६, १७, १९ मध्ये वडा नं. ११, १४ र १६ मा आज ११ गते सोमबार भेलाहरु सम्पन्न हुँदै छन् । 
यसैगरि दोधरा चाँदनी नगरपालिकाका १० वडा मध्ये ९ वाडाहरुको भेला सम्पन्न भईसकेको छ । वडा नं. ६ को मात्र भेला हुन बाँकी छ । यस्तै वेदकोट नगरपालिकाका सबै वडामा वडा भेला सम्पन्न भईसकेका छन्, वेदकोटमा १० वटा वडा रहेका छन् । कृष्णपुरमा रहेका ९ वडामध्ये ८ वडामा वडा भेला सम्पन्न भईसकेको छ, कृष्णपुरमा वडा नं. ७ मा भने भेला गर्न बाँकी रहेको छ ।

यसैगरि पुर्नवास नगरपालिकामा रहेका ११ वटै वडा र बेल्डाँडी गाउँपालिकाका पाँचवटै वडामा वडा भेला तथा विस्तारित बैठक सम्पन्न भईसकेका छन्  । शुक्लाफाँटा नगरपालिकामा रहेका १२ वटै वडाहरुमा सदस्यता नविकरणको काम भईरहेको र छिट्टै अधिवेशन गरिने एमालेले जनाएको छ ।

यसैगरि बेलौरी नगरपालिकामा रहेका १० वडा मध्ये वडा नं. ७ बाहेकका वडाहरुमा भेला सम्पन्न भईसकेको छ , वडा नं. ७ मा पनि आजै भेला सकिने एमालेले जनाएको छ । यस्तै लालझाडी गाउँपालिकाका ६ वडा मध्ये वडा नं १ र ३ बाहेक सबै वडामा वडा भेला सम्पन्न भईसकेको छ । जसमा वडा नं १ मा आजै भेला सम्पन्न हुने एमाले कञ्चनपुरका कार्यालय सचिव कर्ण बहादुर चन्दले बताए । 
यसैअघि एमालेले कञ्चनपुरमा रहेका नौ पालिका मध्ये सात पालिकाको नगर भेला सम्पन्न गरिसकेको छ । जसमा भदौ २६ गते दोधरा चाँदनी, असोज १ गते भिमदत्त र बेलौरी, असोज ३ गते वेदकोट, असोज ५ गते शुक्लाफाँटा,  असोज ७ गते पुर्नवास नगरमा नगर भेला सम्पन्न गरिसकेको छ । अब कृष्णपुर नगरपालिका र लालझाडी गाँउपालिकाको नगर भेला बाँकी रहेको र छिट्टै भेला सम्पन्न गरिने एमाले कञ्चनपुरका सचिव तथा भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । 



Tags : #कञ्नपपुर #नेकपा एमाले

प्रतिकृया दिनुहोस