कञ्चनपुर भन्सार कार्यालयमा करोडौं मूल्यका सवारी साधन सड्ने अवस्थामा

मङ्गलबार १२, असोज २०७८ ११:४३    डिल्लीराज पन्त



कञ्चनपुर भन्सार कार्यालयमा करोडौं मूल्यका सवारी साधन सड्ने  अवस्थामा

डिल्लीराज पन्त/कञ्चनपुर : असोज १२ कञ्चनपुरकाे गड्डाचौकीमा रहेको कञ्चनपुर भन्सार कार्यालयमा करोडौं रुपैयाँ बरावरका सवारी साधन कवाड बन्ने अवस्थामा पुगेका छन् ।

भन्सार कार्यालयले लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कार्यालयमा लाखौँ मूल्यका ४ पाँग्रे र २ पाँग्रे सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेकाले करोडाै‌‌ रुपैया राजश्व समेत गुम्ने अवस्थामा पुगेको छ ।

बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठक नै राख्न नसकिएको भन्दै भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इन्जिनियर को अभाव र अन्य कार्यालयबाट तलबको व्यवस्था गरी इन्जिनियर झिकाउनुपर्ने हुदा इञ्जिनीयरको फुर्सदै नपाउदा सवारी साधनका मोडलल लगायतको भिडानको कार्य हुन नपाउदा ढिलाई भएको र हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाई इन्जिनियरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्ने गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले बताए। 

भन्सार कार्यालयमा ३ सय बढि भिभिन्न कम्पनीका मोटरसाइकल , १५ बढी जिप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन् । अवैध तरिकाले संचालनमा ल्याएका र चोरी तस्करीमा प्रयोग मा ल्याएका सवारी साधन वरामद गरी प्रहरीले भन्सार कार्यालय पुर्याउँदै आएका छन् ।

पछिल्लो समय कोरोना प्रभाव अलि कम हुदै गएको र वजार व्यवसाय तथा सिमा क्षेत्र समेत सुचारु भईसकेकाले दशैं तिहार लगत्तै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने भन्सार कार्यालयले कञ्चनपुरले जनाएको छ ।

साथै कोभिडका कारण सिमाक्षेत्र पुर्णरुपमा बन्द हुँदा कुनै सामान आयत समेत बन्द भएको थियो तर गत वर्ष मंसिर महिना देखी सर्वसाधारणलाई आवत जावतमा रोक लगाएपनी सामानहरु सवारी साधनवाट आयात सुचारु भएकाले गत वर्ष राजश्व संकलन लक्ष्य नभेटेको कञ्चनपुर भन्सार कार्यालयले जनाएकाे छ । गत ६ महिना यता भने राजश्व संकलन लक्ष्य समेत पुरा गर्दे आईरहेको प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले बताए ।

 भन्सार कार्यालय गड्डाचौकी परिसर भित्र विभिन्न समय र मुद्दामा बरामद गरीएका लाखौ रकम बराबरका सवारी साधनहरु समयमै लिलामी प्रकृयामा जान नपाउदा कवाड बन्दै गईरहेका छन भने भन्सार कार्यालयले समयमै यि सवारी साधनको लिलाम गरी विक्रि नगरे कवाडका भाउमा जाने र नेपाल सरकारले करौडौं रकम गुमाउनपर्ने छ ।

त्यसैले पनी ठुलो राजश्व रकम गुमाउन बाट बचाउन भन्सार कार्यालयले अविलम्ब लिलामी प्रकृयामा जानु जरुरी देखिन्छ ।



प्रतिकृया दिनुहोस