मङ्गलबार १२, असोज २०७८ ०१:०६ पश्चिमनेपाल न्यज डट कम
महेन्द्रनगर : १५ औं विश्व रेविज सप्ताहमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मंगलबार भीमदत्त नगरपालिका वडा नं. १५ मा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले वडा कार्यालयसित सहकार्य गरी रेविज विरुद्धको खोप लगाएको हो । यस अघि सप्ताहव्यापी कार्यक्रम अन्र्तगत मटेना र तुमडानीमा कुकुरहरुलाई खोप लगाइएको थियो।
भेटेरिनरी अस्पतालका प्रमुख डा. पान सिह ठगुन्ना सहित पशु चिकित्सकहरु महेन्द्रराज पाण्डेय लगायतले कुकुरलाई खोप लगाएका हुन् । कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहुले कुकुरहरुलाई रेविज विरुद्ध खोप लगाएपछि रोग फैलिने त्रास हटेको बताए ।
‘यो क्षेत्र निकुञ्ज किनारको भएकाले त्यहाँबाट जनावरबाट कुकुर र कुकुरबाट जनावरमा सर्ने सम्भावना निकै हुन्छ’ उनले भने,‘अब यताउता कही सर्दैन, मान्छेबाट कुकुरमा पनि सर्र्दैन ।’
वडा कार्यालयले बर्सेनी कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउँदै आएको अध्यक्ष शाहुले बताए । भेटेरिनरी अस्पतालका प्रमुख डा. ठगुन्नाले खोल लगाएका कुकुरबाट रोग फैलिन नसक्ने भएकाले सबैले आ–आफ्ना कुकुरलाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताए ।
‘घर पालुवा कुकुर भन्दा छाडा कुकुरको समस्या छ, घर पालुवालाई त घरधनीले नै लाएको हुन्छ’ उनले भने,‘छाडालाई पनि खोप लगाउन स्थानीय सरकारले पहल गर्नु पर्छ’ उनले भने ।
कार्यक्रममा वडा सदस्यहरु दामोदर भट्ट, नन्दराम भाट, समाजसेवी प्रेम सिह भण्डारी, वडा कार्यालयका कर्मचारी सहभागी भएका छन् । भीनपा १५ मा तीन सय भन्दा बढी कृुकुर रहेको वडा कार्यालयका पशु स्वास्थ्यकर्मीहरु बताउँछन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.