बुधबार ११, चैत २०८२ ०८:४० नृग बहादुर शाह

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा रहेको एक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूको आयोजना रहेको उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययन गर्ने १९३ जना विद्यार्थीहरुको विदाई कार्यक्रमको आयोजना गरीएको थियो ।विद्यार्थीहरुले नाचगान, कविता वाचन तथा विभिन्न सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले कक्षा १२ का विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थी जीवनको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक आजको दिन हो ।
यहाँसम्म आइपुग्न तपाईंहरूले गरेको मेहनत र अनुशासन प्रशंसनीय छ । अब अगाडिको यात्रामा पनि यही मेहनत, इमान्दारी र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।”
उहाँले विद्यालयले सधैं विद्यार्थीहरूको प्रगति र सफलताको कामना गर्ने बताउँदै थप भन्नुभयो, “तपाईंहरू जहाँ पुगे पनि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलको नाम उज्यालो पार्नुहोस् भन्ने हाम्रो अपेक्षा छ ।
तपाईंहरूको सफलतामा विद्यालय सधैं गर्व गर्नेछ ।” यसैगरी विद्यालयका शिक्षक पृथ्वी राज भट्टले कक्षा १२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूबीच भावुक क्षणहरू साटासाट गर्दै मायाको चिनो आदानप्रदान गरिएको थियो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.