नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

साहित्यकार हेमबाबु लेखक नयाँदिल्लीमा सम्मानित

बुधबार ०९, बैशाख २०८३ २३:०२    पश्चिम नेपाल संवाददाता



cd1ea901-90c6-4d1d-8423-37dc77bae8ab.jpg

मानसखण्ड(सुदूरपश्चिम) का युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ । 
‎भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय याेगदान पुर्‍याएकोमा उनलाई 'भारत-नेपाल मैत्री सम्मान' प्रदान गरिएको आयोजकले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली विश्वविद्यालयमा लेखक सम्मानित भएका हुन् ।

आइतबार दिल्ली विश्वविद्यालयअन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो । भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिस्ठ साहित्यकार डा.सन्यज जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र माेडल ज्याेति झुल्का, डा. राजरानी  भल्लाले सम्मानित गरेका थिए ।

साहित्यकार लेखक लामो समयदेखि काली-कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लाेकसाहित्य संरक्षण, संबर्धन र प्रचारप्रसारमा निरन्तर गाेष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन् । दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 



प्रतिकृया दिनुहोस