नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

शुक्रबार १५, जेठ २०८३ १२:०४    पश्चिम नेपाल संवाददाता



r1.jpg

धनगढी : आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका छन् ।

रावलले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्ता जिम्मेवार बन्नुपर्ने बताए । उनले संविधानमार्फत स्थापित संघीय शासन प्रणालीले जनताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अझै पनि सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको क्षेत्रमा सुधार आवश्यक रहेको धारणा राखे ।

उनले राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र युवा पलायन अहिलेका मुख्य चुनौती भएको उल्लेख गर्दै लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई नैतिक जिम्मेवारी र जनउत्तरदायित्वको आधारमा अघि बढाउनुपर्ने बताए । राष्ट्रियता केवल सीमाको सुरक्षा मात्र नभई भाषा, संस्कृति, पहिचान र सार्वभौम निर्णय क्षमताको संरक्षणसँग पनि जोडिएको उनले स्पष्ट पारे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । अन्त्यमा सहभागीहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, समृद्धि र राष्ट्रिय एकताको मार्गमा सबै एकजुट भएर अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



प्रतिकृया दिनुहोस