नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

खेल मैदानमा पानी भरिएपछि भीमदत्त नगर स्तरीय ती २० क्रिकेट प्रतियोगिता उद्घाटन स्थगित, शनिबार विहान उद्घाटन गरिने

शुक्रबार १५, जेठ २०८३ १२:११    पश्चिम नेपाल संवाददाता



holi1.jpg

महेन्द्र्रनगर : भमिदत्त नगरपालिका–१० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले शुक्रबारदेखि गर्न लागेको भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन स्थगित गरिएको छ । बिहीबार राति परेको वर्षाले खेल मैदानमा पानी भरिएपछि शुक्रबार विहान गरिएको उद्घाटन तयारी रोकिएको हो । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले प्रतियोगता उद्घाटन गर्ने तयारी गरिएको थियो ।

विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले वर्षाका कारण खेल मैदान पानी भरिएकाले उद्घाटन स्थगित गरिएको बताए । शनिबार बिहान प्रतियोगिता उद्घाटन गरिने भट्टले जानकारी दिए ।  मैदानमा पानी भरिएपछि क्रिकेट खेल्न बनाईएको पिचमा समेत क्षति हुन पुगेको छ । 

भीमदत्त नगरपालिकाको प्रायोजनमा विद्यालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । शुक्रबार खेल मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी सम्बन्धि जानकारी दिइएको थियो ।

प्रतियोगितामा भिमदत्त नगर क्षेत्रका १८ टिम सहभागी हुने छन् । खेल नकआउट चरणमा सञ्चालन गरिनेछ। प्रतियोगितालाई चार समुहमा विभाजन गरी सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा ३६ जना अफिसियल परिचालन गरिनेछ ।प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, “म्यान अफ द म्याच” लाई १ हजार ५ सय, “बेस्ट बलर” र “बेस्ट ब्याट्सम्यान” लाई जनही २ हजार ५ सय, “म्यान अफ द सिरिज” लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक होलि फ्याम्ली स्कुलका सञ्चालक भुपाल सिंह विष्टले बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी पनि अनावरण गरिएको छ । कार्यक्रममा विद्यालयका सञ्चालक भुपाल सिंह विष्टको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी सहभागी रहेका थिए ।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा होली फ्याम्ली अंग्रेजी माध्यम स्कुलका सिस्टर म्यानेजर तथा प्याब्सन कञ्चनपुरका अध्यक्ष माहादेव प्रसाद भट्ट सहभागी थिए । कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका सचिव विशाल सोनार, सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सुदूरपश्चिममै पहिलो पटक विद्यालयस्तरीय यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै विद्यार्थीहरूलाई खेलमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे। अन्य खेलकुद गतिविधि सञ्चालन हुँदै आए पनि क्रिकेटलाई प्राथमिकतामा राखेर यस्तो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

विशिष्ट अतिथि माहादेव प्रसाद भट्टले विद्यालयले विगतदेखि नै विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै यस प्रतियोगिताले भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिता जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।

विद्यालयका सञ्चालक भुपाल सिंह विष्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने भिमदत्त नगरपालिका, कञ्चनपुर जिल्ला क्रिकेट संघ लगायत सम्पूर्ण सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै खेल सञ्चालनमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।



प्रतिकृया दिनुहोस