नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु

शनिबार १६, जेठ २०८३ ११:३६    Paschim Nepal News



Screenshot_20260530_113013_Messenger.jpg

कंचनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहज, छिटो तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा सुरु गरेको छ ।

प्रशासन कार्यालयले राहदानी वितरण प्रक्रियालाई थप सरल, प्रभावकारी र आधुनिक बनाउन नयाँ व्यवस्था लागू गरेको हो ।

यस सेवाको सुरुवातसँगै अब राहदानी तयार भएपछि सेवाग्राही अनिवार्य रूपमा कार्यालयमै पुगेर बुझ्नुपर्ने बाध्यता हटेको छ ।

नयाँ व्यवस्थाअनुसार राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीले सम्बन्धित फारम भरेर हुलाकमार्फत राहदानी प्राप्त गर्ने विकल्प रोज्न सक्नेछन् । 

त्यसपछि राहदानी तयार हुँदा हुलाक सेवामार्फत सेवाग्राहीले उल्लेख गरेको ठेगानामै सुरक्षित रूपमा पठाइनेछ ।

जिल्ला प्रशासन कार्यालयले यो सेवा निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ । सेवा विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि राहतपूर्ण हुने अपेक्षा गरिएको छ । 

समय अभाव, टाढाको यात्रा र कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले राहदानी बुझ्न कठिन हुने सेवाग्राहीलाई यो व्यवस्थाले प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।

यसअघि राहदानी तयार भएपछि सेवाग्राही स्वयं कार्यालय पुगेर बुझ्नुपर्ने व्यवस्था रहेकाले लामो दूरी तय गर्नुपर्ने, लामो लाइनमा बस्नुपर्ने र समय खर्चिनुपर्ने समस्या हुँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत यो सेवा विस्तार गरेको जनाएको छ ।

कार्यालयका अनुसार नागरिकको सुविधा र समयको बचतलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार गर्ने प्रयास जारी राखिएको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले प्रशासन कार्यालयले नागरिकलाई अझ सहज सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको बताए ।

उनले भने, “नागरिकलाई सरकारी सेवा सहज, छिटो र झन्झटरहित रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो । राहदानी लिनकै लागि फेरि कार्यालयसम्म आउनुपर्ने अवस्था हटाउने उद्देश्यले हुलाकमार्फत घरमै पु¥याउने सेवा सुरु गरेका हौँ ।

यसले विशेषगरी टाढाका सेवाग्राहीलाई ठूलो राहत दिनेछ । आगामी दिनमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर थप सहज र प्रभावकारी सेवा विस्तार गर्दै जानेछौँ ।”



प्रतिकृया दिनुहोस