संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य     |     जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?     |     अन्तरिम सरकार जेन जी कै सहमतिबाट बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव     |     नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता     |     २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?     |     यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?     |     नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डा बाहिर विवाद     |     हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय     |    

अन्तरिम सरकार जेन जी कै सहमतिबाट बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव

बिहिबार २६, भदौ २०८२ ०८:३७    Paschim Nepal News



Narayankaji-Shrestha-.jpg

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनका मागलाई समर्थन गर्दै सुशासन, भ्रष्टाचारको अन्त्य, राजनीतिक शुद्धीकरण र सामाजिक न्यायसहितको समृद्धिका पक्षमा आफू निरन्तर संघर्षरत रहेको स्मरण गराए । उनले भने, ‘तपाईँहरूको साहसिक पहलले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, तर वास्तविक सफलता वार्ता र आगामी घटनाक्रमको दिशाले निर्धारण गर्नेछ।’

तर, उनले आन्दोलनमा अवाञ्छित तत्त्वको घुसपैठ र नियन्त्रण गुमाउँदा सिंहदरबारदेखि राष्ट्र बैंकसम्म तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाले मुलुकलाई गम्भीर क्षति पुर्‍याएकोमा दुख व्यक्त गरे । नेता श्रेष्ठले यसलाई योजनाबद्ध रूपमा विभिन्न शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको सम्भावना पनि औँल्याए ।


श्रेष्ठले आन्दोलनकारीलाई पाँच प्रमुख एजेन्डा स्पष्ट पार्दै अघि बढ्न अपिल गरेका छन् । जसमा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न, जनताको सार्वभौमसत्ता सुरक्षित रहने उन्नत लोकतन्त्रको अभ्यास गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको राजनीतिक स्थिरता कायम गर्न, सुशासन, भ्रष्टाचार र नातावाद–कृपावादको अन्त्य गर्न तथा शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्दै सामाजिक न्यायसहितको समृद्धिको बाटोमा अघि बढ्न उनको सुझाव छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वैदेशिक हस्तक्षेपको खतरा बढेको भन्दै सचेत रहन आग्रह गरे। ‘जेन जी आन्दोलनले इतिहासमा अग्रगामी फड्को मार्न सक्छ, तर त्यसका लागि राष्ट्रिय हित, लोकतन्त्र र सुशासनलाई शृङ्खलाबद्ध कार्यसूची बनाउनै पर्छ ।’ श्रेष्ठले भने । उनले आगामी अन्तरिम सरकार जेन जी को प्रस्ताव र सहमतिमा बन्नुपर्ने शुभेच्छा समेत व्यक्त गरे ।



प्रतिकृया दिनुहोस