राजनीति


  • सुशासन र विकासमा एमालेको नेतृत्वको सरकारले ध्यान केन्द्रित गरेको थियो : ओली

    शनिबार, ११ असोज २०८२ | Paschim Nepal News

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन्।

  • मेरो हातमा केही पनि रहेन भनेपछि राजीनामा दिएँ : पूर्वप्रधानमन्त्री

    शनिबार, ११ असोज २०८२ | Paschim Nepal News

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गरेका छन्।

  • जेन जी आन्दोलनले अर्थतन्त्रमा नयाँ संकट निम्त्याउने निजी क्षेत्रको निष्कर्ष

    मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News

    काठमाडौं : नेपालको निजी क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड मानिँदै आएको छ । नेपालको त्यही मेरुदण्ड मानिएको निजी क्षेत्र माथि जेन जी आन्दोलनका क्रममा छानाछानी आक्रमण भयो । जेन जी आन्दोलनका क्रममा ठूला व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथि आक्रमण भयो । निजी क्षेत्रमा भएको आक्रमणपछि हिंसाले उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्रलाई झन् ठप्प पार्ने खतरा बढेको निजी क्षेत्रले बताएका छन् । मुलुकको अर्थतन्त्र पहिले नै दबाबमा रहेको बेला जेन जी आन्दोलनमा भएको यस्तो गतिविधिले निजी क्षेत्रको मनोबल गिरेको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षित गर्ने ग्यारेन्टी नदिएसम्म लगानीको वातावरण नबन्ने उनीहरूको भनाई छ ।

  • संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं: पूर्वविद्यार्थी नेताहरूले जेनजी आन्दोलनको नाममा भएको विध्वंसको आवरणमा संसद् विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् । पूर्वविद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन्।

  • जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।

  • नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं: अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

  • २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    जेनजी पुस्ताले विरोध प्रदर्शन गर्दा २४ घण्टामै सरकार ढल्यो र प्रधानमन्त्रीले राजीनामा दिए। प्रदर्शनमा भएको दमनको कारण ठूलो मानवीय क्षति भयो, तर अर्बौंको भौतिक संरचना ध्वस्त भए। जेनजी पुस्ताले अब पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिको रूपमा अघि सार्ने तयारी गरेका छन्।

  • यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?

    बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : नेपालमा राजनीतिक र संवैधानिक संकट उत्पन्न भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजी पुस्ताको आन्दोलन र सेनाको संलग्नताका कारण नयाँ सरकार गठनको प्रयास भइरहेको छ। बंगलादेशको राजनीतिक घटनाक्रमसँग तुलना गर्दै, नेपालमा संविधान संशोधन र अन्तरिम सरकार गठनको विषयमा बहस चलिरहेको छ। काठमाडौँ । आजभन्दा करिब १४ महिनाअघिको बंगलादेश अहिले नेपालजस्तै राजनीतिक र संवैधानिक संकटबाट गुज्रिएको थियो । सन् २०२४ सेप्टेम्बर ४ तारिखका दिन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगिन् । त्यसको दुई दिनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरिन् ।

  • हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    कञ्चनपुर : थारू समुदाय परम्परागत सीपमा धनी छ। पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन्। बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन्। थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन्।

  • राजनीतिक समूहको प्रवेशपछि बिच्किए जेनजी, सेनासँगको छलफलमा के भयो ?

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : लामो समयको छलफल र परामर्शपछि जेनजी आन्दोलनको घोषणा गर्ने समूहका प्रतिनिधिहरू पुरुषोत्तम यादव र रक्षा बमको समूह जंगी अड्डामा नेपाली सेनासँग छलफल गर्न प्रवेश गरे । यादव र बम समूहसहितका करिब ५० जना प्रतिनिधिहरू सो छलफलमा सहभागी थिए । आज रातिको करिब साढे ७ बजेसम्म भएको छलफल ठोस निष्कर्षमा पुग्न सकेन । कारण थियो सो बैठकमा राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रस्ताव गरेको गैर जेनजी समूहका प्रतिनिधिहरूको नाम र दुर्गा प्रसाईँको ‘इन्ट्री’ ।

  • बालेनको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकारको गठन र संसद्को विघटन गर्न सुझाव दिएका छन् । जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकारको गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।

  • जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको आह्वान

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं: जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्। बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् ।

  • जेनजीका अभियन्ताले भने– रास्वपा र दुर्गा प्रसाई समूहले आन्दोलनलाई अराजक बनाए

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमााडौं : जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले राज्यले युवाहरुको आवाज थुन्न खोजेको भन्दै त्यसको घोर भत्र्सना गर्दै विरोध गरेका छन् । ‘विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, उनले बताए ।

  • झुम्का जेलबाट अधिकांश कैदी भगाइयो, केहीलाई सेनाले नियन्त्रणमा लिएर कारागारमा बुझायो

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    विराटनगर : सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेको थियो । सेनाले केही बन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।

  • अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौँ:  देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।

  • कञ्चनपुर सदरमुकामका यी ठाउमा भयो आगजनी र तोडफोड

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : जेएनजी आन्दोलनकारीले महेन्द्रनगर सदरमुकाममा सत्तारुढ काँग्रेस एमालेका जनप्रतिनिधि र नेताहरुको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

  • आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर: नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ । सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ । काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ । यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ ।

  • जेनजीमाथि सरकारको बर्बर दमन,१९ जनाले ज्यान गुमाए, सयौं घाइते

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए । यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।

  • आशलाग्दा युवाहरुसहित अध्यक्षमा निर्वाचित भए अवस्थी

    सोमबार, २३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन ।  अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।

  • अब्बल निर्माण व्यवसायी देबीदत्त महासचिवको दौडमा

    बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।

  • उखु किसान आन्दोलनमा सत्ताधारी र विपक्षी दलकोे साथ

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगरः गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन । सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन ।  उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि  अन्याय गरेको बताएका छन ।

  • कञ्चनपुर निर्माण व्यवसायी संघमा नेतृत्वका लागि लडाई, भट्ट र अवस्थीबिच पुनः प्रतिस्पर्धा

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।

  • छाउगोठ छाड्दा लाञ्छना, बस्दा यातना

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।

  • पुटिनसँग वार्तापछि ट्रम्पले गरे जेलेन्स्कीलाई फोन, सोमबार अमेरिकामा हुनेछ भेट

    शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News

    काठमाण्डौ : ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्।