शुक्रबार, १५ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
महेन्द्रनगर : काँग्रेस निवर्तमान सभापति शेर बहादुर देउवा समूहको चर्को असन्तुष्टिका बाबजुद काँग्रेसले कञ्चनपुर ३ मा क्रियाशिल सदस्यता अद्यावधिक सुरु गरेको छ । काँग्रेसले कञ्चनपुर ३ मा पूर्व नगर सभापति पदमराज अवस्थीलाई पदेन उप सभापति बनाएर पार्टी सदस्यता अद्यावधिक गर्ने जिम्मा दिएपछि देउवा समूहले विधान विपरित कार्य भन्दै विरोध गरेको थियो ।
आइतबार, १० जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले ठेक्का प्रक्रियामार्फत ३ लाख लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो। नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयबमोजिम ठेक्का प्रक्रियामार्फत उपकरण खरिद गरिएको नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिए। ‘वैदेशिक रोजगारी वा देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका परिवारका सदस्य समयमै घर फर्किएर आफ्ना दिवङ्गत आफन्तको अन्तिम अनुहार हेर्न सकुन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो,’ शाखा प्रमुख धामीले भने, ‘यो चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिन्छ।’ उनका अनुसार पछिल्लो समय युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहने क्रम बढ्दो छ।
बिहिबार, २४ बैशाख २०८३ | पश्चिम नेपाल संवाददाता
उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी
बुधबार, ०९ बैशाख २०८३ | पश्चिम नेपाल संवाददाता
साहित्यकार सम्मानित
बिहिबार, २६ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
बिरामीको सेवा गर्ने नर्सलाई स्वास्थ्य मन्त्रालय
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
बिहिबार, १२ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन
बुधबार, ११ चैत २०८२ | नृग बहादुर शाह
कञ्चनपुरस्थित मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कञ्चनपुर जिल्लामा रहेको एक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कञ्चनपुर जिल्लामा रहेको एक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा कक्षा १२ का विद्यार्थीहरूका लागि भावुक तथा उत्साहजनक विदाई कार्यक्रम मंगलबार सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बिहिबार, २१ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक धार शक्ति रोज्ने सोचमा पुगेका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ का गतिलो उम्मेदवार नदिएपछि मतदाता वैकल्पिक तथा बुद्धिजीवि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेका छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका उम्मेदवार महताले यस अघि आफुले सञ्चालन गरेको राष्ट्रिय सोलार इनर्जी प्रालि मार्फत नेपाल सरकारलाई ठगेको फेला परेको हो । समाजका र राष्ट्रका लागि सिन्को समेत नभाचेर सुशासन र भ्रष्टाचार निवारणको नारा बोकी नयाँ भन्दै राजनितिमा लागेका महताले यसअघि नै चरम भ्रष्टाचार गर्दै आएको तथ्य खुलेको छ । जनताको लागि एक मिनेट पनि समय नखर्चिएका महता अनुदान खान नग।रपालिका देखि प्रदेश हुँदै केन्द्रसम्म धाउने गरेका थिए । उनले शुरु गरेका हरेका काममा नेपाल सरकारको अनुदान रहेको छ ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता र कर्ण बहादुर चन्द फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट दौडमा छन् । महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् भने कर्ण बहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) को चुनाव चिन्ह हँसिया सहित चुनावि मैदानमा छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।
शनिबार, १७ माघ २०८२ | नृग बहादुर शाह
मर्निङ ग्लोरी सेकेन्डरीमा स्वास्थ्य शिविर सम्पन्न, १ सय २७ जनाले लिए सेवा ।
बुधबार, ०७ माघ २०८२ | Paschim Nepal News
राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन ।
बुधबार, ०७ माघ २०८२ | Paschim Nepal News
नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् ।
शनिबार, २६ पुष २०८२ | नृग बहादुर शाह
मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
शुक्रबार, ०४ पुष २०८२ | Paschim Nepal News
सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व रुपमा मनाइने भुवा पर्वको अवसरमा शुक्रबार सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News
नेकपा एमालेको ११औं महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदैछ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौं’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् । एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने भेट्न जाने नेताहरुलाई बताएका हुन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।
सोमबार, २४ कार्तिक २०८२ | Paschim Nepal News
काठमाण्डौं : ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.