बुधबार, २२ असोज २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपालमा अत्याधिक रुचाइएको ई–स्पोट्र्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले आधिकारिक रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो । कुल पाँचहजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यस पटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दाबढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ माहुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
शनिबार, ११ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गरेका छन्।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
काठमाडौँ : नेपाली राहदानी बोकेर दुई सय जना म्यानमारका नागरिक यूएई पुगेको खुलेको छ। अध्यागमन विभागले मंगलबार अत्यधिक नेपाली श्रमिक रहेक ९ देशका राजदूत तथा गृह र परराष्ट्र मन्त्रालयका पदाधिकारीबीच गरेको भर्चुअल छलफलमा सो जानकारी दिइएको हो। छलफलमा विभागका पदाधिकारीसहित युनाइटेड अरब इमिरेट्स, कतार, ओमन, कुवेत, सउदी अरेबिया, बहराइन लगायतका खाडी मुलुक एवम् मलेशिया र थाईल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रम सहचारीसहित गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी थिए।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेपालको निजी क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड मानिँदै आएको छ । नेपालको त्यही मेरुदण्ड मानिएको निजी क्षेत्र माथि जेन जी आन्दोलनका क्रममा छानाछानी आक्रमण भयो । जेन जी आन्दोलनका क्रममा ठूला व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथि आक्रमण भयो । निजी क्षेत्रमा भएको आक्रमणपछि हिंसाले उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्रलाई झन् ठप्प पार्ने खतरा बढेको निजी क्षेत्रले बताएका छन् । मुलुकको अर्थतन्त्र पहिले नै दबाबमा रहेको बेला जेन जी आन्दोलनमा भएको यस्तो गतिविधिले निजी क्षेत्रको मनोबल गिरेको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षित गर्ने ग्यारेन्टी नदिएसम्म लगानीको वातावरण नबन्ने उनीहरूको भनाई छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
कञ्चनपुर : थारू समुदाय परम्परागत सीपमा धनी छ। पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन्। बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन्। थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन्।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए । यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।
सोमबार, २३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन । अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन गरेका छन । वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन । भीमदत्त नगरको भुजेला, दोराधाचाँदनी नगरको जगबुढा वाढी प्रभावित क्षेत्र, सशस्त्र प्रहरीको बिओपी सहित वाढी प्रभावित स्थानीयसंग भेटघाट गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगरः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।
आइतबार, १५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : बेलडाँडी गाउँपालिका–५ इमिलियाका झिकडु राना राति घरमा कहिलेकाहीँ मात्रै बस्न पाउँछन् । प्रायःजसो उनको बास चौधर नदीपारि रहेको खेतमा हुन्छ । ६० वर्षीय रानाको दैनिकी १५ वर्षदेखि यस्तै चलिरहेको छ । वन्यजन्तुबाट खेतीपाती जोगाउन उनी राति पहरा दिन खेतमै बस्ने गरेका हुन् । खेतमा उनले काठको मचान बनाएका छन् ।
शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख ७६ हजार ८ सय बराबरको बराबर सामान बरामद गरिएको छ।
शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News
अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगरः गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन । सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन । उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि अन्याय गरेको बताएका छन ।
शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर: भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा अघिल्लो दिन (साउन १९) देखि नै वर्षा भइरहेको थियो । कैलालीको टीकापुर नगरपालिका–८ का प्रकाश बुढा दम्पती धराली बजार छेउकै एउटा घरमा कोठा भाडामा लिएर बस्थे । ज्याला मजदुरीका लागि श्रीमतीसहित धराली पुगेका उनी वर्षाका कारण साउन २० का दिन दिउँसोको खाना खाएर आराम गर्ने तयारीमा थिए ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
महेन्द्रनगर: नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।
बुधबार, १४ साउन २०८२ | Paschim Nepal News
बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’
शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौं : कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।
आइतबार, ०६ साउन २०८१ | Paschim Nepal News
काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ । २०८० साउनपछिको एक वर्षमा ट्राफिक जरिवानाबाट १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार राजस्व सङ्कलन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.