नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

धनगढी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरेको छ। प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै

काठमाडौँः लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० को छपाइ कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको जनाएको छ।

भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की

धनगढीः विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन् ।धनगढी उपमहानगरपालिका–३ बडहराकी माया कार्की भारतको जम्मु–कश्मीरमा सिकेको कुखुरा पालनसम्बन्धी सीपलाई स्वदेशमै प्रयोग गर्दै उनी आज सफल उद्यमीका रूपमा स्थापित भएकी छन्। विगत १८ वर्षदेखि व्यावसायिक रूपमा कुखुरा पालन गर्दै आएकी कार्कीले यही व्यवसायबाट परिवारको जीविकोपार्जन मात्र होइन, घर निर्माण र जग्गा जोड्न समेत सफल भएकी छन्।

सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ

धनगढीः कैलालीको धनगढीबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूलाई सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेका छन्। रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दर्ता गराउँदै व्यक्तिगत सुरक्षा अधिकृत ९पीएसओ० माग गरेका हुन्।

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढीः कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

राजनीति

समाज

देश

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढीः कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

अर्थ

कृषि

  • शुक्लाफाँटा निकुञ्ज छेउका किसानका दुःख : ट्युबमा तरेर मचानको बास

    महेन्द्रनगर : बेलडाँडी गाउँपालिका–५ इमिलियाका झिकडु राना राति घरमा कहिलेकाहीँ मात्रै बस्न पाउँछन् । प्रायःजसो उनको बास चौधर नदीपारि रहेको खेतमा हुन्छ । ६० वर्षीय रानाको दैनिकी १५ वर्षदेखि यस्तै चलिरहेको छ । वन्यजन्तुबाट खेतीपाती जोगाउन उनी राति पहरा दिन खेतमै बस्ने गरेका हुन् । खेतमा उनले काठको मचान बनाएका छन् ।


स्वास्थ्य / जीवनशैली

शिक्षा

भिडियो