शुक्रबार, ०१ साउन २०८३ | पश्चिम नेपाल संवाददाता
काठमाडौँः लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० को छपाइ कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको जनाएको छ।
बुधबार, १७ असार २०८३ | पश्चिम नेपाल संवाददाता
धनगढीः विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन् ।धनगढी उपमहानगरपालिका–३ बडहराकी माया कार्की भारतको जम्मु–कश्मीरमा सिकेको कुखुरा पालनसम्बन्धी सीपलाई स्वदेशमै प्रयोग गर्दै उनी आज सफल उद्यमीका रूपमा स्थापित भएकी छन्। विगत १८ वर्षदेखि व्यावसायिक रूपमा कुखुरा पालन गर्दै आएकी कार्कीले यही व्यवसायबाट परिवारको जीविकोपार्जन मात्र होइन, घर निर्माण र जग्गा जोड्न समेत सफल भएकी छन्।
बिहिबार, ११ असार २०८३ | पश्चिम नेपाल संवाददाता
धनगढीः कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
शनिबार, १६ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
धनगढी : नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिवानसिंह विष्टले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । शाहलाई भेट्न शुक्रबार बिहान उनको सरकारी निवासमा पुगेका विष्टले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । जवाफमा मुख्यमन्त्री शाहले कांग्रेस संसदीय दलभित्र बहुमत प्रदेश सभा सदस्य आफ्नाविरुद्ध पुगाएर हटाउन चुनौती दिएका छन् । शाहले आफ्नो विपक्षमा बहुमत प्रदेश सभा सदस्य भएकै दिन हट्न तयार रहेको पनि बताएका थिए ।
शुक्रबार, १५ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
महेन्द्रनगर : सरकारले शुक्रबार सार्वजनिक आगामी वर्षको बजेटमा सुदूरपश्चिमका तीन योजना बजेटमा समावेश भएका छन् । दोधारा चाँदनी सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज र धनगढी फाप्ला क्रिकेट स्टेडियम आगामी बजेटमा परेका छन् । दोधारा चाँदनीको सुख्खा बन्दरगाहमा दुई वर्षभित्रै एकीकृत जाँच चौकी निर्माण कार्य पूरा गर्ने उल्लेख गरिएको छ । भारतीय कम्पनीले गत वर्षदेखि सुख्खा बन्दरगाह निर्माण अघि बढाएको हो । भारतीय लगानीमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको छ ।
शुक्रबार, १५ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
महेन्द्र्रनगर : भमिदत्त नगरपालिका–१० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले शुक्रबारदेखि गर्न लागेको भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन स्थगित गरिएको छ । बिहीबार राति परेको वर्षाले खेल मैदानमा पानी भरिएपछि शुक्रबार विहान गरिएको उद्घाटन तयारी रोकिएको हो । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले प्रतियोगता उद्घाटन गर्ने तयारी गरिएको थियो ।
शुक्रबार, १५ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
धनगढी : आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका छन् ।
शुक्रबार, १५ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
महेन्द्रनगर : काँग्रेस निवर्तमान सभापति शेर बहादुर देउवा समूहको चर्को असन्तुष्टिका बाबजुद काँग्रेसले कञ्चनपुर ३ मा क्रियाशिल सदस्यता अद्यावधिक सुरु गरेको छ । काँग्रेसले कञ्चनपुर ३ मा पूर्व नगर सभापति पदमराज अवस्थीलाई पदेन उप सभापति बनाएर पार्टी सदस्यता अद्यावधिक गर्ने जिम्मा दिएपछि देउवा समूहले विधान विपरित कार्य भन्दै विरोध गरेको थियो ।
शुक्रबार, १५ जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
महेन्द्रनगर : भमिदत्त नगरपालिका–१० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले भीमदत्त नगरपालिकाको प्रायोजनमा भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता २०८३” आयोजना हुन लागेको छ ।प्रतियोगिता शुक्रबारदेखि विद्यालयको खेल मैदानमा सञ्चालन हुन लागेको छ । शुक्रबार विहान भीमदत्तका उप मेयर निलख लेअखक जोशीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।
आइतबार, १० जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
कञ्चनपुर: आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारु उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पालिका क्षेत्रभित्र सञ्चालनमा रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ।
आइतबार, १० जेठ २०८३ | पश्चिम नेपाल संवाददाता
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले ठेक्का प्रक्रियामार्फत ३ लाख लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो। नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयबमोजिम ठेक्का प्रक्रियामार्फत उपकरण खरिद गरिएको नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिए। ‘वैदेशिक रोजगारी वा देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका परिवारका सदस्य समयमै घर फर्किएर आफ्ना दिवङ्गत आफन्तको अन्तिम अनुहार हेर्न सकुन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो,’ शाखा प्रमुख धामीले भने, ‘यो चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिन्छ।’ उनका अनुसार पछिल्लो समय युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहने क्रम बढ्दो छ।
बिहिबार, २४ बैशाख २०८३ | पश्चिम नेपाल संवाददाता
उपाध्यक्ष शान्ती नाथ हिरासत मुक्त, हरिकिसन राना मृत्यु प्रकरणको अनुसन्धान जारी
बुधबार, ०९ बैशाख २०८३ | पश्चिम नेपाल संवाददाता
साहित्यकार सम्मानित
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
बिरामीको सेवा गर्ने नर्सलाई स्वास्थ्य मन्त्रालय
शुक्रबार, १३ चैत २०८२ | पश्चिम नेपाल संवाददाता
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुधबार, ०४ चैत २०८२ | नृग बहादुर शाह
दार्चुला : दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए।
बिहिबार, २१ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक धार शक्ति रोज्ने सोचमा पुगेका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ का गतिलो उम्मेदवार नदिएपछि मतदाता वैकल्पिक तथा बुद्धिजीवि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेका छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका उम्मेदवार महताले यस अघि आफुले सञ्चालन गरेको राष्ट्रिय सोलार इनर्जी प्रालि मार्फत नेपाल सरकारलाई ठगेको फेला परेको हो । समाजका र राष्ट्रका लागि सिन्को समेत नभाचेर सुशासन र भ्रष्टाचार निवारणको नारा बोकी नयाँ भन्दै राजनितिमा लागेका महताले यसअघि नै चरम भ्रष्टाचार गर्दै आएको तथ्य खुलेको छ । जनताको लागि एक मिनेट पनि समय नखर्चिएका महता अनुदान खान नग।रपालिका देखि प्रदेश हुँदै केन्द्रसम्म धाउने गरेका थिए । उनले शुरु गरेका हरेका काममा नेपाल सरकारको अनुदान रहेको छ ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता र कर्ण बहादुर चन्द फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट दौडमा छन् । महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् भने कर्ण बहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) को चुनाव चिन्ह हँसिया सहित चुनावि मैदानमा छन् ।
सोमबार, १८ फागुन २०८२ | नृग बहादुर शाह
महेन्द्रनगर : २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।
शनिबार, २६ पुष २०८२ | नृग बहादुर शाह
मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
मङ्गलबार, २३ मङि्सर २०८२ | Paschim Nepal News
नेकपा एमालेको ११औं महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदैछ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौं’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् । एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.