बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं: पूर्वविद्यार्थी नेताहरूले जेनजी आन्दोलनको नाममा भएको विध्वंसको आवरणमा संसद् विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् । पूर्वविद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन्।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं: अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
जेनजी पुस्ताले विरोध प्रदर्शन गर्दा २४ घण्टामै सरकार ढल्यो र प्रधानमन्त्रीले राजीनामा दिए। प्रदर्शनमा भएको दमनको कारण ठूलो मानवीय क्षति भयो, तर अर्बौंको भौतिक संरचना ध्वस्त भए। जेनजी पुस्ताले अब पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिको रूपमा अघि सार्ने तयारी गरेका छन्।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपालमा राजनीतिक र संवैधानिक संकट उत्पन्न भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजी पुस्ताको आन्दोलन र सेनाको संलग्नताका कारण नयाँ सरकार गठनको प्रयास भइरहेको छ। बंगलादेशको राजनीतिक घटनाक्रमसँग तुलना गर्दै, नेपालमा संविधान संशोधन र अन्तरिम सरकार गठनको विषयमा बहस चलिरहेको छ। काठमाडौँ । आजभन्दा करिब १४ महिनाअघिको बंगलादेश अहिले नेपालजस्तै राजनीतिक र संवैधानिक संकटबाट गुज्रिएको थियो । सन् २०२४ सेप्टेम्बर ४ तारिखका दिन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगिन् । त्यसको दुई दिनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरिन् ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
कञ्चनपुर : थारू समुदाय परम्परागत सीपमा धनी छ। पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन्। बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन्। थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन्।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौँ: संयुक्त अरब इमिरेट्स ९युएई० ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : लामो समयको छलफल र परामर्शपछि जेनजी आन्दोलनको घोषणा गर्ने समूहका प्रतिनिधिहरू पुरुषोत्तम यादव र रक्षा बमको समूह जंगी अड्डामा नेपाली सेनासँग छलफल गर्न प्रवेश गरे । यादव र बम समूहसहितका करिब ५० जना प्रतिनिधिहरू सो छलफलमा सहभागी थिए । आज रातिको करिब साढे ७ बजेसम्म भएको छलफल ठोस निष्कर्षमा पुग्न सकेन । कारण थियो सो बैठकमा राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रस्ताव गरेको गैर जेनजी समूहका प्रतिनिधिहरूको नाम र दुर्गा प्रसाईँको ‘इन्ट्री’ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकारको गठन र संसद्को विघटन गर्न सुझाव दिएका छन् । जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकारको गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं: जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्। बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमााडौं : जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले राज्यले युवाहरुको आवाज थुन्न खोजेको भन्दै त्यसको घोर भत्र्सना गर्दै विरोध गरेका छन् । ‘विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, उनले बताए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
दाङ: बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले नेपाल प्रेसलाई जानकारी दिए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
विराटनगर : सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेको थियो । सेनाले केही बन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौँ: देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : जेएनजी आन्दोलनकारीले महेन्द्रनगर सदरमुकाममा सत्तारुढ काँग्रेस एमालेका जनप्रतिनिधि र नेताहरुको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर: नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ । सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ । काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ । यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए । यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।
सोमबार, २३ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन । अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन गरेका छन । वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन । भीमदत्त नगरको भुजेला, दोराधाचाँदनी नगरको जगबुढा वाढी प्रभावित क्षेत्र, सशस्त्र प्रहरीको बिओपी सहित वाढी प्रभावित स्थानीयसंग भेटघाट गरेका छन ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
कैलाली : देव डाँगीस् लमतन्न एकनासले सुतेको कैलालीको दगुरेको प्रगति देखिन्छ । उबेला बुद्धीसागरले आफ्नो उपन्यास कर्नाली ब्लूजु मा कटासेबाट कालीकोट उल्टो बसाइँ सरेको सुल्टो कथा बताउने कटासे बजारलाई छेल पारेर उभिएको लम्कीले कुनै समय राजा महाराजाको सयल गर्न निस्किने बाटिकाजस्तो टिकापुर पुर्याउन तम्सिन्छ । तर प्रायजसो मान्छे दगुर्दै हानिन्छ अझ पश्चिम दिशामा । सिधा सय किलोमिटरले तनक्क तन्किएको कैलालीले सुटुक्क पहलमानपुर पनि लुकाएको छ ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।
बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगरः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।
आइतबार, १५ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : बेलडाँडी गाउँपालिका–५ इमिलियाका झिकडु राना राति घरमा कहिलेकाहीँ मात्रै बस्न पाउँछन् । प्रायःजसो उनको बास चौधर नदीपारि रहेको खेतमा हुन्छ । ६० वर्षीय रानाको दैनिकी १५ वर्षदेखि यस्तै चलिरहेको छ । वन्यजन्तुबाट खेतीपाती जोगाउन उनी राति पहरा दिन खेतमै बस्ने गरेका हुन् । खेतमा उनले काठको मचान बनाएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.