पाँचहजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले सम्पन्न

बुधबार २२, असोज २०८२ १४:१३    Paschim Nepal News



महेन्द्रनगर : नेपालमा अत्याधिक रुचाइएको ई–स्पोट्र्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले आधिकारिक रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो ।  
कुल पाँचहजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यस पटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दाबढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ माहुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
प्रतियोगिताको संरचना र अवधारणा
स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोट्र्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभवलिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ । साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फम्र्याट अपनाइएको छ, जस अन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरू सँग सहकार्य गर्ने विशेष अवसर समेत पाउने छन् । यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर(केन्द्रित सहभागितासँग घुलमिल गराउनेछ ।
समावेशिताको पहलः गल्र्स ओन्लीशो–म्याच
समावेशिताप्रति ऐतिहासिक कदम चाल्दै पब्जी मोबाईलले यस पटकको फाइनलमा नेपालमै पहिलो पटक गल्र्स ओन्लीशो–म्याच आयोजना गरेको 
छ । यस विशेष प्रदर्शनीमा १६ ओटा महिला टोली बीच प्रतिस्पर्धा भएको थियो । सहभागी टोलीहरूले रु. २५,००० नगद पुरस्कार पाएका छन् । यस कदमले ई–स्पोट्र्स प्रतिभामा लैंगिकविभेद नहुने सन्देश दिनुका साथै नेपालमा बढ्दो गेमिङ समुदाय भित्र अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ ।
नेपालको ई–स्पोट्र्स भविष्यका लागि प्लेटफर्म २०२५ पब्जी मोबाईल नेपाल सिरिज केवल एउटा प्रतियोगिता मात्र नभएर नेपाली गेमरहरूको उत्साह, ऊर्जाशीलता र विश्वस्तरमा खेल्ने सम्भावनाको उत्सव हो । प्रतियोगिता अघि बढ्दै जाँदा दर्शकहरूले उच्चस्तरीय प्रतिस्पर्धा, रोचक प्रतिद्वन्द्विता र नेपाललाई विश्वकै प्रतिष्ठित ई–स्पोट्र्स प्रतियोगितामा प्रतिनिधित्व गर्न 
सक्नेछन् । यस प्रतियोगिताले स्थानीय प्रतिभाको विकास, सामुदायिक संलग्नता र ई–स्पोट्र्सलाई समावेशी तथा एकताबद्ध गर्ने माध्यमका रूपमा प्रोत्साहन गर्ने पब्जी मोबाईलको प्रतिबद्धता पुनः स्थापित गरेको छ ।
 



प्रतिकृया दिनुहोस