जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

सोमबार १८, फागुन २०८२ ००:४४    नृग बहादुर शाह



Geta-Medical-College.jpg

महेन्द्रनगर : २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।


नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै संघीय संसदमा निर्वाचित भएपछि डा. भट्टको पहलमा महाकाली अस्पतालमा पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक थप तथा सेवामा सुधार भयो । रेफर सेन्टरका रुपमा परिचित अस्पतालले कोल्टे फे¥यो, १ जना डाक्टर रहेको अस्पताले २४ जना डाक्टर पायो तर शिक्षण अस्पतालको योजना भने कार्यान्वयनमा आउन सकेन जो रातारात हुने बिषय थिएन । उनि भन्छन्, ‘अस्पताललाई प्रतिबद्धता अनुरुप सुधार गर्दै शिक्षण अस्पताल बनाउने मृेरो योजनाले छिट्टै मुर्तरुप पाउँदै छ ।’ 


२०७९ मा यस क्षेत्रबाट लडेका एमालेका उम्मेदवार पराजित भए तर डा. भट्टले आफ्नो प्रतिबद्धता बिर्सेका थिएनन् उनि सपना साकार पार्न निरन्तर खबरदारीमा लागि रहे जुन साकार हुने चरणमा पुगेको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवार बनेका भट्टले यसपटक महाकाली अस्पताललाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । कैलालीको गेटामा अस्पतालका लागि संरचना निर्माण भएपछि त्यसलाई मेडिकल कलेज वा प्रतिष्ठान कुन रूपमा अघि बढाउने भन्ने बहस सुरु भएको थियो ।


त्यही सन्दर्भमा तत्कालीन सांसद भट्टले देशकै दीर्घकालीन स्वास्थ्य सेवाको रूपान्तरणका लागि चिकित्सा विश्वविद्यालय आवश्यक रहेको अवधारणा अघि सारे । उनले सुदूरपश्चिमका सांसदहरूलाई एकमत गराउँदै तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गर्न माग गरे । नीतिगत प्रक्रिया सुस्त बनेपछि उनले संसदको शून्य समयमा डोटेली भाषामै देशकै पहिलो चिकित्सा विश्वविद्यालय गेटामै स्थापना गर्नुपर्ने माग राख्दै आवाज उठाए । उक्त अभिव्यक्ति व्यापक चर्चाको विषय बनेको थियो । त्यससँगै स्थानीय संघर्ष समिति, नागरिक समाज र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सडक र सदन दुवैबाट दबाब सिर्जना गरियो ।


सरकारले सुरुमा गेटामा मेडिकल कलेज स्थापना गर्ने तयारी गरे पनि स्थानीयवासीले विश्वविद्यालयकै माग राख्दै आन्दोलन चर्काए । उनले सांसदको कार्यकाल सकिएपछि पनि चिकित्सा विश्वविद्यालय स्थापनाको अभियान रोकेन । २०८० साल असोज नौ गते पुर्व सांसदको रुपमा तत्कालिन संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतीलाई चिकित्सा विश्वविद्यालय स्थापनाका लागि माग गरे ।

निरन्तर दबाबपछि २०८० माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालय स्थापना गर्ने निर्णय ग¥यो । त्यसैअनुसार कानुनी प्रक्रिया अघि बढ्दै कांग्रेस–एमाले गठबन्धन तथा केपी शर्मा ओली नेतृत्वको सरकारले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेपछि विश्वविद्यालय स्थापनाको बाटो औपचारिक रूपमा खुल्यो ।


यसै क्रममा स्थापना भएको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सुदूरपश्चिममा स्थापीत भयो ।


चुनावी सरगर्मी बढेसँगै स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि डा. भट्टले गरेको नेतृत्वदायी भुमिकाको पनि चर्चा हुन थालेको छ । आईतबार महेन्द्रनगरको मदन चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै डा. भट्टले भने, “देशभर तत्कालिन अवस्थामा १९ मेडिकल कलेज, आठ चिकित्सा विज्ञान प्रतिष्ठान र १५० भन्दा बढी नन–क्लिनिकल कोर्स पढाउने संस्थान सञ्चालन हुँदा सुदूरपश्चिम शून्य अवस्थामा 
थियो, त्यसैले सरकारसँग भीकमा मेडिकल कलेज होइन, देशकै पहिलो चिकित्सा विश्वविद्यालय चाहिन्छ भनेर संसदमा आवाज उठाएँ ।”
विगतको एजेण्डालाई स्मरण गदैँ उनले महाकाली अस्पताललाई मात्रै नभई देशभरका अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थानपना गरिएको स्पष्ट पारे ।


उनले सुदूरपश्चिम प्रदेश सरकारमातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई केन्द्र सरकारमार्फत विश्वविद्यालयका आंगिक क्याम्पसका रूपमा विकास गर्न पहल गर्ने बताएका छन् ।


विश्वविद्यालयका पदाधिकारी नियुक्त भइसकेकाले अब आंगिक मेडिकल कलेज सञ्चालन गरी ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी, ब्याचलर इन फिजियोथेरापीजस्ता कार्यक्रम सुनिश्चित गरिनुपर्ने उनको भनाइ छ ।
गेटामा विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आए आफ्नै प्रदेशमै एमबीबीएससहितको चिकित्सा शिक्षा अध्ययन गर्ने सुदूरपश्चिमवासीको दीर्घकालीन सपना पूरा हुने विश्वास गरिएको छ ।

अरु उम्मेदवारसंग छैनन् खासै योजना
एमालेबाट सुर्य चिन्ह सहित चुनावि मैदामनमा होमिएका डा. दिपकप्रकाश भट्टसंग कञ्चनपुर क्षेत्र नं. ३ संगै सुदूरपश्चिम प्रदेश एवं देशको विकासमा समेत टेवा पुग्ने खालका महत्वपुर्ण योजना छन् । 


यस अघि गरिएका बाचाका सबैकाम अघि बढेको  बताउँछन् । ‘मैले यस अघि निर्वचनमा उठाएका एजेण्डाका सबै काम अघि बढाएको छु, सांसद हुँदा होस् वा नहुँदा म यो क्षेत्रको विकासका लागि लडि रहे अझै लडि रहनेछु ।’ डा. भट्टले भने, ‘एयरपोर्टको काम विविध अड्चनका बिच अगाडी बढाउन सफल भएका छौ, सुख्खा बन्दरगाहको काम अघि बढेको छ, महाकाली पुल, महाकालि करिडोरका लागि निरन्तर खबरदारि पछि काम अगाडी बढेको छ, दैजि छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाईनेछ ।र्ने सुदूरपश्चिमवासीको दीर्घकालीन सपना पूरा हुने विश्वास गरिएको छ, दोधाराको जोगबुढा नदिमा तटबन्धको काम अगाडि बढेको छ यसलाई अझै सश्क्त रुपमा अगाडी बढाईनेछ ।’


यस्तै दर्जन योजना रहेका भट्ट बुद्धीजिवी एवं भिजन भएका उम्मेदवार हुन् । उनिसंग प्रतिस्पर्धामा ७ जना उम्मेदवार रहेका छन् । ‘मसंग निर्वाचन लडिरहेकाहरुसंग भिजनको तथा यस क्षेत्रको विकासको योजनाको हिसाबले हेर्दा प्रतिस्पर्धा छैन ।’ डा. भट्टले भने, ‘नेपाली काँग्रेसबाट रमेश लेखक लडेको भए भिजनका हिसाबमा केही हदसम्म प्रतिस्पर्धि मानिन्थे अरुसंग खासै योजना मैले देखेन ।’ 



प्रतिकृया दिनुहोस