मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर

शनिबार १७, माघ २०८२ ११:१८    नृग बहादुर शाह



WhatsApp_Image_2026-01-31_at_10.10.45_AM__1_.jpeg


कञ्चनपुरमा रहेको एक निजी विद्यालयले एक दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । शहिद दिवसको अवसर पारेर भीमदत्त नगरपालिका १८ महेन्द्रंनगर जानकी टोलमा रहेको मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयले एक दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।


शुक्रबार मर्निङ ग्लोरी सेकेन्डरी स्कूलले मन्त्र अस्पतालको सहकार्यमा गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २७ जनाले सेवा लिएका छन् ।


स्कूलले कक्षा ३ सम्मका विद्यार्थीहरुको स्वास्थ्यलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा दुई जना विषेशज्ञ डाक्टर र एक जना डेन्टिष्टले सेवा दिएका छन् । प्रिन्सिपल शर्माका अनुसार बाल रोग विशेषज्ञ डाक्टर मनिस शाह र जनरल फिजिसियन डा गोविन्द रोकायाले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्नुका साथै असिस्टेन्ट डेन्टिष्ट पवित्रा बुढाले बालबालिकाहरुको दातको परिक्षण गरेका थिए ।


मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले चिसो समयमा विद्यार्थीमा आउने स्वास्थ्य समस्या समाधानका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको बताए । शिबिरमा १ सय २७ विद्यार्थीको उपचार, चेकजाँचदेखि परामर्स दिईएको छ ।


शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने लक्ष्य र उदेश्य राखेर बालबालिकाहरुको स्वास्थ्य सुरक्षाका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको स्कूलका प्रिन्सिपल चूडामणि शर्माले बताए । ‘चिसो मौसममा विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने र यसले उनीहरूको पढाइमा असर पर्ने भएकाले निःशुल्क स्वास्थ्य शिविर राखिएको हो,’ प्रिन्सिपल शर्माले भने, ‘हामीले शिक्षा भन्दा पनि स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रम गरेका हौ, स्कूलको स्रोत साधनले भ्याएसम्म विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्न स्कूलमै एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने योजना राखेका छौ ।’
सरसफाइको कमीले अधिकांस बालबालिकाहरूमा कानको र नाकको सामान्य समस्या बाहेक ठूलो समस्या नदेखिएको प्रिन्सिपल शर्माले बताए । उनका अनुसार कान र नाकमा समस्या देखिए विद्यार्थीका अभिभावकलाई डाक्टरले स्वास्थ्य परामर्श दिएका थिए ।


निःशुल्क उपचार पाएपछि विद्यार्थीदेखि अभिभावक हर्षित भएका छन । मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयका अध्यक्ष केशव बहादुर चन्दले विद्यार्थीको नियमित स्वास्थ्यका लागि चेकजाँच गरिएको बताए । स्वास्थ्य परिक्षणपछि अभिभावक र बालबालिकाहरुलाई परामर्श प्रदान गरीएको छ ।



प्रतिकृया दिनुहोस