नेकपा सुदूरपश्चिमको दाबी: आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने     |     पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाइ २४ घण्टाभित्रै     |     भारतमा सिकेको सीप स्वदेशमै प्रयोग : कुखुरा पालनबाट वर्षमा १५ लाखसम्म आम्दानी गर्ने माया कार्की     |     सुरक्षा खतरा भन्दै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मागे पिएसओ     |     फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु     |     जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट हुलाकमार्फत घरमै राहदानी सेवा सुरु     |     बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती     |     कञ्चनपुरकै दुई मन्त्री हुँदा पनि बजेटमा अटाएनन् ठूला विकास योजना     |    

सुदूरपश्चिममा भुवा पर्वको रौनक, प्रदेशभर सार्वजनिक बिदा

शुक्रबार ०४, पुष २०८२ २२:०२    Paschim Nepal News



Untitled.jpg

–नृगबहादुर शाह
कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व रुपमा मनाइने भुवा पर्वको 
अवसरमा शुक्रबार सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

Cultural Nepal Tour Day 3 : Bhuwa Parba ...
सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको छ । विशेषगरी बाजुरा, बझाङ, डोटी र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त 
गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने गरिन्छ । बाजुरामा भुवा पर्व सुरु – Lokpati.com
कञ्चनपुरमा पनि विभिन्न समाजले यो सँस्कृतिको जगेर्ना गर्ने हेतुले मनाएका छन् । यो पर्वमा हातमा तरबार र ढाल लिइ सामूहिक रूपमा युद्धकला कौशल प्रदर्शन गर्ने गरिन्छ । ’गाउँका बासिन्दाले एकैठाउँमा भेला भई राति आगो बालेर जाग्राम बस्ने र महाभारतकालीन पौराणिक गाथाहरू गाउने चलन रहेको छ,’ समाजका अग्रज व्यत्तित्वले बताए । 
महेन्द्रनगरमा रहेको बडिमालिका एकता समाजले पनि शुक्रबार विधिवत रुपमा शुरुवात गरि पाँचदिन सम्म सञ्चालन गरि पौष ८ गतेका दिन महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा समापन गर्ने समाजका अध्यक्ष डम्बर खड्काले जानकारी दिएको छ । 
भुवा नाच पर्व पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ । 
धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ । यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको छ ।
’भुवा पर्व केबल मनोरञ्जन मात्र नभई असत्यमाथि सत्यको विजयलाई जनाउनका लागि पनि यो मनाइन्छ । 
यो एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्गालोका रुपमा रहेको छ । ’यो पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ ।’ बझाङमा भुवा पर्वको रौनक सुरू ...
’यस पर्वले समाजमा भाइचारा, एकता र 
वीरताको सन्देश प्रवाह गर्दछ ।’ प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ ।



प्रतिकृया दिनुहोस