आइतबार १६, मङि्सर २०८१ १६:१८ Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा दिउँसो ४ बजे सम्म २ हजार ८ सय ६५ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने छ । अध्यक्ष महेन्द्र खड्का ०८० पुस २६ मा मोटरसाइकल दुर्घटनामा मृत्य ु भएपछि वडाध्यक्ष पद रिक्त छ । अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन् । भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन् ।
नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नानाराम कोली, नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द र राप्रपाका सुशिल कुमार भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखक प्रतिस्पर्धामा हुनूहुन्छ ।
२०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो । २०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए । राप्रपाका सुशीलकुमार भट्टले ४ सय ८७ र नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द २ सय ३२ मत पाएका थिए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.