कैलारी गाउँपालिकामा बजेट अभावमा अस्पताल सञ्चालन गर्न समस्या     |     कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु     |     कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)     |     प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता, भेटबारे ओलीले हिन्दीमा र मोदीले नेपालीमा साटे खुसी     |     कञ्चनपुर, स्याङ्जालगायत ६ जिल्लाका सिडिओको सरुवा     |     प्रधानमन्त्री ओली र थाइल्यान्डकी समकक्षी भेटवार्तामा गरियो महत्त्वपूर्ण सम्झौता     |     प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार बैंककमा भेटघाट हुने     |     सहकारीमा गुणस्तरिय सोच तथा व्यवहारबाट कार्यकुशलातामा अभिवृद्धि     |    

८ः३० रातिबाटै मतगणना हुने

आइतबार १६, मङि्सर २०८१ १९:५०    Paschim Nepal News



IMG_20241201_111406.jpg

महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा २ हजार ९९१ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ ।

जिल्ला निर्वाचन अधिकारी जोशीले भन्नुभयो, ‘एक छीनमा सर्वदलिय बैठकबाट मतगणनाबारे निर्णय हुन्छ ।’ ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका थिए । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन अधिकृत जोशीका अनुसार १ हजार ३ सय ८५ पुरुष र १ हजार ६ सय ६ महिलाले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले सर्वदलिय वैठक बसेर आइतबारदेखि नै मतगणना सुरु गर्ने तयारी रहेको बताउनुभयो । मतपेटिकाहरु गणनास्थलसम्म पु¥याईसकिएको र सर्वदलिय बैठकको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष महेन्द्र खड्का ०८० पुस २६ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवारी थियो । भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएको थियो ।

नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नानाराम कोली, नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द र राप्रपाका सुशिल कुमार भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखक प्रतिस्पर्धामा हुनूहुन्छ ।

२०७९ को स्थानीय तह चुनावमा भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस प्यानल नै विजयी भएको थियो । २०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए । राप्रपाका सुशीलकुमार भट्टले ४ सय ८७ र नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द २ सय ३२ मत पाएका थिए ।



प्रतिकृया दिनुहोस