संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य     |     जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?     |     अन्तरिम सरकार जेन जी कै सहमतिबाट बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव     |     नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता     |     २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?     |     यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?     |     नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डा बाहिर विवाद     |     हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय     |    

कञ्चनपुर, स्याङ्जालगायत ६ जिल्लाका सिडिओको सरुवा

शुक्रबार २२, चैत २०८१ १४:१९    Paschim Nepal News



home-ministry.2024-08-28-06-09-54.jpeg

काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ । 

कञ्चनपुर, स्याङ्जा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो । 

कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेदप्रसाद खरेल, स्याङ्जामा ईश्वरीप्रसाद अर्याल, लमजुङमा माधवप्रसाद खरेललाई खटाइएको छ । दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ। 

कञ्चनपुरका नारायणप्रसाद सापकोटा, स्याङ्जाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ। 



प्रतिकृया दिनुहोस