इनड्राइभ नेपालको दशैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’  क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

शनिबार १४, भदौ २०८२ १०:०५    Paschim Nepal News



inDrive_Main_Logo_page-0001__1_.jpg

काठमाडौं : नेपाल–विश्वव्यापीमोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचागर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचानगर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियमहाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना हुने जनाएको छ । प्रतिच्यालेन्ज भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ सम्म (अर्थात अगस्ट २५ देखि अगस्ट ३१, २०२५ सम्म) र च्यालेन्जथ्रीविक्स भाद्र १६ गतेदेखि असोज ५, २०८२ सम्म (अर्थात सेप्टेम्बर ०१ देखि सेम्टेम्बर २१, २०२५ सम्म)।

जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु विक्ली प्राइजकालागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ ।

टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज), टीभीएस रेइडर  मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) र स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स साप्ताहिक बिजेताहरुका लागि पुरुस्कारको व्यवस्था गरिएकोछ । 

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेन प्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन्, र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगागिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।’
 



प्रतिकृया दिनुहोस