कर्णाली पुल कटेपछि अर्को संसार सुरु हुन्छ : सुन्दर सुदूरपश्चिम

बुधबार १८, भदौ २०८२ ०१:४३    Paschim Nepal News



karnali.jpeg

कैलाली : देव डाँगीस् लमतन्न एकनासले सुतेको कैलालीको दगुरेको प्रगति देखिन्छ । उबेला बुद्धीसागरले आफ्नो उपन्यास कर्नाली ब्लूजु मा कटासेबाट कालीकोट उल्टो बसाइँ सरेको सुल्टो कथा बताउने कटासे बजारलाई छेल पारेर उभिएको लम्कीले कुनै समय राजा महाराजाको सयल गर्न निस्किने बाटिकाजस्तो टिकापुर पुर्याउन तम्सिन्छ । तर प्रायजसो मान्छे दगुर्दै हानिन्छ अझ पश्चिम दिशामा । सिधा सय किलोमिटरले तनक्क तन्किएको कैलालीले सुटुक्क पहलमानपुर पनि लुकाएको छ । 

त्यो जंगलबाट माओवादीले कुनै समय लुकेर हानेका थिए, सुदूरका बाघ शेरबहादुर देउवालाइ भटटटटटट।।। इतिहास सम्झिरहनुभयो भने कैलालीले धेरै भन्छ । पोल्टिक्समा दुशमनी हुँदैन भनेर । तेघरीमा सेकुवाले पुरै बजार मगमग पारेको हुन्छ । अन्त टेम्पो देखिएजति धनगढीले हाइलक्स गाडी देखाइदिन्छ । इन्डियाको साँधमा रहेपनि धनगढीले इन्डियाको बजारलाई काँधमा बोकिदिएको छ । धनगढी सुदूरको सान हो । 

अहो १  उद्योगधन्दा । बारीमा सप्रेका मुलाजस्ता । अब अझैं पश्चिम हानिए कन्चनपुरको अर्जुनी सुरक्षा पोष्टले जरायो ताँती लगाएर देखाईदिन्छ । हरिण घाम ताप्न निस्केका हुन्छ्न् । खन्ड खन्डमा प्लानिङ गरिएर आधुनिक तकनिकीले खडा गरिएको अर्को कालो हिरा हो कन्चनपुरको महेन्द्रनगर । 

हैन १ म अत्तरियाबाट उत्तर हानिन्छु भन्नुभयो भने तपाईंको यात्रा अझ भव्य हुन्छ । भासुको भिरले काँडालेझैं घोंच्छ । तर भात्काँडाले भात खुवाएर त्यो काँडा मार्दीन्छ । अनि आउँछ काखैमा सिजनका फलफुल टकारेर बसेको डडेलधुरा । डडेलधुरा रिसोर्ट हो आफैंमा । बैशाखमा सिरक माग्छ त्यसले । 

अब दाहिने ओराले झर्दै गए क्षेत्रीय प्रसारण केन्द्रले बारम्बार जप्ने गरेको नाम आउँछ दिपायल । गर्मी भएपनि त्यसले पर सिलगढीको चिसो पस्किन्छ । फेरि अब पुर्व हानिदै जानोस । सात भाइका सातै घर गोठ छुँदै हिडेको राजमार्गले नौसय फन्को मारेर अछाम राम्रो साँफे भन्ने ठाउँ लगिदिन्छ । हैन म उत्तर लाग्छु भन्नुभो भने बुढीगंगाले बाटो देखाउदै बाजुरा लगिदिन्छिन् । 

हैन म डोटीबाटै उत्तर लाग्छु भनेर अघि घामड गरिसक्नुभो भने तपाईँ घामड बनेर पनि खप्तड जान पाउँने खप्पर लिएर त्यहाँ हुनून्छ । ओहो १ पुर्वै गैरहने र पश्चिम हिँडेको पो त भन्नुन्छ भने । डडेलधुराबाटै पोखरा पाटनले बैतडी, बझाङ र दार्चुला पुगिन्छ ।  अँ १ नाङ्लो जत्रो रोटी बोकेर खोड्पे उभिंएको हुन्छ । टोकेर जानूस है । सतबाँझले अलिकति सुकुटी र घ्यू लुकाएको हुन्छ । किन्नूस है । स्याडीले चिसोमा तात्तातो सुकुटी खुवाउछ । तमेलले सेतीका माछा मुखमा ल्याइदिन्छ । उता दार्चुला मानखेतमा सेतो बेलायती कुकुर्नी सुत्केरी भएकी हुन्छे । जर्साबलाई कुरेर उसको बच्चो एक्साइटेड भैराखेको हुन्छ । नाईं म खोड्पेबाट दक्षिण पश्चिम लाग्छु भन्ने हो भने तेर्सो तेर्सो सुन्तले बारीले बैतडीको पाटनको फाँटमा पुर्याउँछ जहाँ मध्यपहाडी लोकमार्गले सिन्दुरी धर्को कोरिदिन्छ ।  

हैन नेपाल घुमिसकियो अब फर्किंदा बिदेशिएर छिरुम्नँ भन्नूभो भने, धार्चुलाले ७ बजे बिहान पुलको ढोका खोल्दिन्छ र पिथौरागढको गर्धन छामेर कन्चनपुर झर्न सक्नून्छ । भन्न त अखण्ड सुदूरपश्चिम भन्ने चलन छ । तर मलाई सुदूरपश्चिम अदभूत् लाग्छ । ओहो १ यति ढिला आएर मैले के बोली राखेको होला रु म त् गौराको शुभकामना भन्न पो आएको ।



प्रतिकृया दिनुहोस