सोमबार २३, भदौ २०८२ ११:२३ Paschim Nepal News
महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन । अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।
यस्तै वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्द, उपाध्यक्षमा यज्ञराज वैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा वृज चन्द, कोषाध्यक्षमा तेज बहादुर चन्द र सह कोषाध्यक्षमा हेम बहादुर महरा निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्दले १६९ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्वन्दी अमर बहादुर बमले १०७ मत प्राप्त
गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा यज्ञराज वैजले १४८ मत प्राप्त गरेका हुन भने दीपक भट्टले १३२ मत प्राप्त गरेका थिए । महासचिवमा देवीदत्त भट्टले १६६ मत प्राप्त गरेका हुन भने योगेन्द्र ठकुराठीले ११४ मत प्राप्त गरेका हुन ।
सचिवमा वृज किशोर चन्द र कोषाध्यक्षमा तेज बहादुर चन्द निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी सह कोषाध्यक्षमा हेम बहादुर महराले १३५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने प्रतिस्प्रधि पदम राज भट्टले ८१ मत र चित्र बहादुर कार्कीले ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदम राज भट्टले बताए ।
यसैगरी संघको सदस्यतर्फ गणेश सुवेदी, चन्द्र सिंह कार्की, दीपक कार्की, नवीन चन्द, मनिराज रेग्मी, महेश जोशी र सन्तोष खत्री विजयी भएको निर्वाचन अधिकृत भट्टले बताए ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.