संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य     |     जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?     |     अन्तरिम सरकार जेन जी कै सहमतिबाट बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव     |     नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता     |     २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?     |     यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?     |     नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डा बाहिर विवाद     |     हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय     |    

कञ्चनपुर सदरमुकामका यी ठाउमा भयो आगजनी र तोडफोड

बुधबार २५, भदौ २०८२ ०६:४०    Paschim Nepal News



महेन्द्रनगर : जेएनजी आन्दोलनकारीले महेन्द्रनगर सदरमुकाममा सत्तारुढ काँग्रेस एमालेका जनप्रतिनिधि र नेताहरुको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

भीमदत्त नगरपालिका ६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घरमा आगजनी गरिएको छ । सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ । बोगटीमा उल्टाखाम र उप मेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको 
छ ।  भीमदत्त नगरपालिका निवर्तमान मेयर सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको छ । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका १८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतको जानकी टोलस्थित घरमा पनि तोडफोड भएको छ । यसैगरी बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा महेन्द्रनगर बजार गल्ली नं. १ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा ४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको मेन रोड र बाँसखेडास्थित घरमा तोडफोड गरिएको छ । यस्तै मदनचोकमा रहेको एनसेल सेन्टर, ओपेरा होटल र संगै रहेको सिएमजी क्लब, आन्दोलनकारीले प्रशासन कार्यालयमा आगजनी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन् । भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरिएको छ । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको घरमा तोडफोड गरिएको छ । सत्तारुढ काँग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार भएपछि सिसा फुटेका छन् । दोधारा चाँदनीस्थित काँग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।



प्रतिकृया दिनुहोस