बुधबार २५, भदौ २०८२ ०८:४५ Paschim Nepal News
विराटनगर : सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेको थियो । सेनाले केही बन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।
नारा जुलुस गर्दै सानो समूह पुग्ना साथ कैदी बन्दीहरू भागेको थिए । भागेका मध्ये केहीलाई रामधुनी जंगल क्षेत्रबाट सेनाले नियन्त्रणमा लिएको हो । जेनजीको नाममा अराजक समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् ।
उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । अराजक समूहले इलाका प्रहरी कार्यालय पथरीको मुद्दा शाखाको कागजात जलाएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.